२०७७ माघ १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, पौष ०६, २०७७    १९:५५:२९

६पुष,दमक/झापा जिल्ला होटल व्यबसायी संघको आयोजनामा इलामको जगत पाण्डेको दरबार र झण्डी डाडा को अध्यन अबलोकन कार्यक्रम सम्पन्न गरेको छ ।

झापा जिल्ला होटल व्यबसायी संघको आयोजनामा हिजो २०७७ पुष ५ गते जिल्ला समिति क्षेत्रीय समिति सदस्य १८ जनाको टोली इलामको माई नगरपालिका वाड न २ मा रहेको जगद पाण्डेको दरबार हुदै झण्डीडाडा सम्मको २ घण्टाको पैदल यात्रा गरि अध्यन तथा अबलोकन कार्यक्रम सम्पन्न गरेको छ।

पैदल यात्रा सँगै अध्यन अबलोकन कार्यक्रमका आयोजक झापा जिल्ला होटल व्यबसाय संघको अध्यक्ष इन्दिरा श्रेष्ठले पर्यटन प्रबर्द्धन बढाउनको निमित्त छोटो मिठो रमाइलो दृश्य रहेको जगद पाण्डेको दरबार र झण्डीडाडा सम्मको यात्रा अत्यन्तै सुन्दर र आकषर्ण भएको हुदा झापा जिल्ला भरी रहेका होटल व्यबसायले प्याकेजमा आन्तरिक तथा बाहिरिय पर्यटकलाई ट्रेकिंग गराउन सकिने बताउनु भएको छ।

इलाम र झापा मिलेर पर्यटक प्रबंधनको लागि पैदल यात्रा तथा यातायात लागि सुबिधा सम्पन्न बनाउन बार्षिक रुपमा बाटो मर्मत तथा सीडी रेलिंग ठाउ ठाउँमा ससाना फलामको पूल समेत धमाधम बनाउने कार्य भइरहेको छ।

झापा जिल्ला होटल संघका महासचिब शिबहरी पौडेलले आन्तरिक तथा बाहिरिय पर्यटन बढाउनका निमित्त जगद पाण्डेको दरबार र झण्डीडाडाको दृश्य अति आकषर्क भएको बताउनु भएको छ।

कनकाई उधोग वाणिज्य संघ अध्यक्ष त्रिलोचन चिमरियाले पनि झापा जिल्लाको उत्कृष्ट ट्रेकिंग क्षेत्र रहेको र यसलाई उधोगि,व्यबसायी,स्थानीय सरकार सरोकारवाला सबैले ध्यान दिएर व्यबस्थित गर्नु आवश्यक रहेको बताउनु भएको छ।

झापा जिल्ला उपाध्यक्ष खेम ओलीले पनि झापासँग जोडीएर रहेको इलामको सुन्दर पर्यटक क्षेत्र जगद पाण्डेको दरबार र झण्डी डाडालाई आकर्षणको केन्द्र बिन्दु बनाएर झापामा रहेका होटल व्यबसायहरुले आन्तरिक तथा बाहिरिय पर्यटकलाई १/२ दिनको प्याकेज बनाएर ट्रेकिंग गराउन सकिने बताउनु भएको छ।

झापा जिल्ला होटल व्यबसायी संघका सल्लाहकार प्रकाश चूडालले इलाममा रहेको मनोरम दृश्य सँगै हरियाली सुन्दर ट्रेकिंग रहेको र ऐतिहासिक जगत पाण्डेको दरबार समेत रहेको र पुरातत्व बिभागले उत्खनन गर्ने तयारी रहेको साथै अली माथि झण्डीडाडा रहेको र झण्डी डाडा बाट तराईका बिभिन्न फाटहरु देख्न सकिने सूर्य उदय सूर्य अस्तको मनोरम दृश्य पडाडका बिभिन्न सुन्दर हिमालहरु अवलोक गर्न सकिने भएको हुदा यसको प्रचार प्रसार गर्न सके पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने बताउनु भएको छ।

होटल व्यबसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालले कोरोना र लामो समय सम्मको लकडाउनले थला पारेको आन्तरिक पर्यटन तथा बाहिरिय पर्यटन साथै होटल व्यवसायीहरुलाई यस ठाउले आउने दिनमा प्रचार प्रसार बढाउन सके व्यबसाय बढन सकिने बताउनु भएको छ।

होटल व्यबसाय प्रदेश १ का सल्लाकर ज्ञान बहादुर कार्कीले पनि यति छोटो ठाउँमा यति सुन्दर दृश्य रहेको झण्डी डाडाले अब झापाका सम्पूर्ण होटल व्यबसायीलाई आन्तरिक पर्यटन प्रबर्द्धनमा ठुलो सहयोग पुग्ने बताउनु भएको छ।

अबलोकन तथा अध्यन कार्यक्रममा उपस्थित सम्पूर्ण व्यबसायी तथा जिम्मेवार व्यक्तित्वहरुले साथै झापा जिल्ला होटल व्यबसाय संघले यही बर्षको माघ अन्तिम तिर झापा जिल्लाका सम्पूर्ण होटल व्यबसायी तथा क्षेत्रीय समितिलाई २ दिने पैदल यात्रा गराउने योजना समेत भएको झापा अध्यक्ष इन्दिरा श्रेष्ठले बताउनु भएको छ।

झण्डीडाडाका होमस्टे संचालक खड्ग बहादुर राईको भनाई अनुसार जम्मा २२ घर बसोबास रहेको सुन्दर ठाउँमा स्थानीय प्रदेश र केन्द्र सरकारले बजेट दिएर आउदा दिनहरुमा १२ महीना पर्यटक हिडने बाटोलाई सुधार गरीदिए जीविको पारजन चलाउन सहज हुने कुरा बताउनु भएको छ साथै आन्तरिक पर्यटन तथा बाहिरिय पर्यटकलाई स्थानीय आर्गेनिक खाना बस्न समेत राम्रो ब्यबस्था मिलाएको छौ र आउँदा दिनहरुमा झापा इलामका सम्पूर्ण व्यबसायहरु मिलेर जगत पाण्डेको दरबार र झण्डीडाडाको प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटन आउने वातवरण बनाउन स्थानीय सरकार र सरोकरवालाको ध्यान जान जरुरी भएको बताउनु भएको छ।

अध्यन तथा अबलोकन कार्यक्रममा सहभागी हुने  अवसर दिनुभएकोमा आयोजक टिमलाई यात्रामा सहभागी व्यबसायीहरुले धन्यवाद समेत दिएका थिए तैसे गरि अबलोकन तथा पैदल यात्रामा साथ सहयोग गरेर यात्रा सफल बनाउन सहयोग गर्नु भएकोमा सम्पूर्ण होटल व्यबसाय तथा क्षेत्रीय समिति तथा जिल्ला सदस्य सम्पूर्णलाई  झापा अध्यक्ष  इन्दिरा श्रेष्ठले धन्यवाद दिनु भएको थियो।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com