२०७८ बैशाख ०५, आइतबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, पौष ०६, २०७७    २०:४०:३४

०६पुष,दमक/झापाको दमकमा आज सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरुले ओलीले सांसद विघटन गरेको समर्थनमा कोणसभा गरेका छन ।

राष्ट्रिय यूवा संघ नेपाल र  अनेरास्ववियूको अगुवाईमा युवा विद्यार्थी तथा ओली समर्थक नेकपाका कार्यकर्ताहरुले कोणसभा गर्दै ओलीले चालेको संसद विघटनको कदम आवश्यकता भएको तर्क प्रस्तुत गरे। उनीहरुले ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरु देश र जनताका पक्षमा भएको भन्दै सरकारलाई असफल बनाउने षडयन्त्रको भण्डाफोर गरिने बताए ।

कार्यक्रममा युवा संघ अनेरास्ववियुका केन्द्रिय सदस्य डम्बर अधिकारी, युवा संघ झापाका संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल र अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले मन्तव्य राखेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com