७पुष,धरान/आइतबार गरिएको प्रतिनिधि सांसद विघटनको राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदले आज धरानमा एक प्रेस मीट गरि बिरोध तथा घोर भत्सर्ना गरेको छ।
सर्वोच्च अदालतले सांसद विघटनलाइ सदर गरे पनि यथास्थितिमा चुनाब हुन नसक्ने कुरा जनमुक्ति संघीय परिषद अध्यक्ष केपि पालुङ्वाले बताएको छन।
पत्रकार सम्मेलनमा बोल्दै संघीय परिषद सचिब बिष्णु थाम्देनले अदालतले सदर गरेको खण्डमा केपि ओलिलाई हटाएर सर्वदलीय सरकार नबनेसम्म चुनाब नहुने ठोकुवा गरे। उनले भने – `यथास्थितिमा चुनाव हुन्छ भन्ने ग्यारेन्टी छैन।´यो कदम केपि ओलिको प्रतिगमन भएको आरोप समेत लगाएका छन।जस्का विरुद्ध सबै दल लड्नुपर्ने पनि उनले बताए।
केपि त्यसै पनि संघीयता,पहिचान,समानुपातिक समाबेसी बिरोधि नै भएको आरोप लगाएका छन।यो कदम केपि ओलिको आफ्नै बिबेकले नभइ बाहिरी कमान्डमा चलेको आरोप अध्यक्ष पालुङ्वाले बताए।
त्यसमा पनि भारतको हात रहेको भन्दै नेकपा पनि भारतमा जन्मेको १२ बुँदे सम्झौता समेत दिल्लिमा भएकोले नेकपा नेपालको पार्टी नभएको दाबी पालुङवाले गरे।
भारतको योजना नै नेपालमा लेन्डुप दोर्जे जन्माउनु हो भन्दै ओलि परिचालित भएको पालुङ्वाले बताए।
केपि ओलिलाई सांसद विघटन गर्ने अधिकार नै नभएको संघीय सचिब बल्दिप राइले बताए।
जनादेशलाई कुठाराघात गर्दै आपसी कलह र द्वन्दका आवरणमा चालिएको यो कदमले देशलाई पुनः अस्थिरता तर्फ धकेल्ने निश्चित भएको दाबी गरे।जसको भन्डाफोर र खबरदारी गर्न राष्ट्रिय जनमुक्ति पार्टीले जरुरत ठानेको राइले बताए।
यस्तो परिस्थितिमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्षरत अग्रगामी शक्तिहरू सहकार्य गरि अघि बढ्न राष्ट्रिय जनमुक्ति पार्टीले आग्रह गरेको छ।