०७पुष,धरान/ संसद विघटनको विरुद्ध जनता समाजवादि पार्टीले तीन दिने बिरोधको कार्यक्रम घोषणा गरेको छ।
मंगलबार बसेको पार्टीको कार्यकारीनि बैठकको निर्णय प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ।बिज्ञप्तिमा उल्लेख भए अनुसार पौष १० गते जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री केपि ओलि र राष्ट्रपति बिद्या भन्डारिको पुत्ला जलाउने कार्यक्रम रहेको छ।त्यसैगरी पौष ११ गते जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा मसाल जुलुस निकाल्ने भएको छ।पौष १२ गते काठमाडौ उपत्यका लगायत विभिन्न स्थानमा जनप्रदर्शन गरिने बिज्ञप्तिमा उल्लेख छ।
जनता समाजवादी पार्टीले यस अघि बसेको आकस्मिक बैठकले बुधबार ७७ वटै जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गर्ने निर्णयसंगै संपुर्ण तयारी भैसकेको कुरा पार्टीले जानकारी दिइएको छ।