२०७८ बैशाख ०५, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, पौष १७, २०७७    ८:४६:४९

 

विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौं, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका बिषयमा कुरा जति गरेपनि अपुग नै हुन्छ ।

शिरमा सगरमाथाको स्वरुपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्वस्फूर्त रूपमा नेपालीजनले मनाउँदै आएका छन् ।

ढाका टोपी दिवस भनेपनि नेपाली पुस्ताले ढाका टोपीसंगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् ।

‘ढाका’ नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ ।

त्यस समयमा भारतमैं रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यहि टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्वनिर्भर छ, पाल्पा लगायतका धेरै ठाँउमा ढाका कपडाको उत्पादन हुनेगर्दछ ।

साभारः हाम्रो पात्रो

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com