१९पुष,काठमाडौ/बबरमहल स्थित कार्की ब्याङ्केटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) उपत्यका कमिटीले बृहत कार्याकर्ता भेला आयोजना सम्पन्न गरेको छ।
भेलामा बोल्दै अनेरास्ववियु संयोजक ऎन महरले आफुहरुले १ बर्षमा १० लाख सदस्यता बितरण गर्ने कसरत गरिरहेको बताए।
त्यस्तै कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेख राज भट्टले व्यंग्यात्मक शैलीमा “हामी यहाँ छौ”भन्नेहरुको भिड अलिक कम भएको जस्तो लाग्यो त्यही भएर मैले अर्को पाली चाहिँ मेरो मन्त्रालयबाट पुर्ती गरिदिने सोच गरेको छु।
बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमा असाधारण देशभक्ति भएको बताएका छन् । उनले थप्दै भने, “देशले पहिलो पल्ट महिला राष्ट्रपति पाएको छ । गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, सालिन र भद्र महिला जसमा असाधारण देश भक्ति छ ।”
प्रधानमन्त्री ओलीले अपमान गर्नेहरुलाई लाज हुनुपर्ने समेत बताए।
प्रधानमन्त्री केपि ओलिले आफुले जसरी पनि तोकेको समयमा चुनाब गर्ने र त्यो कुरा कोहि पनि दुबिधामा नपर्न समेत आग्रह गरे भने हामी संग छुट्टीएर गएको साथीहरु आउन चाहे नेकपाको ढोका सधै खुल्ला रहेको समेत बताए।