२०७६ कार्तिक ०२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, साउन ३२, २०७६    १७:४४:४३

उर्लाबारी । अहिले हाम्रो समाजमा महिनौ अघिदेखी तिज पर्व प्रचलन बढिरहेको देखिन्छ । यसले समाजलाई सत्मार्गमा हिड्न डोर्याउनुको सट्टा विकृतितिर धकेलेको देखिन्छ । विभिन्न संघ संस्था देखी लिएर घर घरमा महिनौ अघिदेखी महिलाहरु एक ठाउँमा भेला हुने र दर खाने परम्पराले समाजलाई पक्कै पनि गलत मोडतिर धकेलिरहेको प्रष्ट देख्न सकिन्छ ।

पैसा र पहुच हुनेका लागी त यो प्रचलनले खासै असर नर्पला तर नहुनेहरुका लागि काउसो बन्दै आईरहेको देखिन्छ महिलाहरुको महान पर्व हरितालिका तिज । चाड पर्व मनाउनु संस्कृति जोगाउनु पक्कै पनि नराम्रो कुरा हैन तर यसलाई सहि तरिकाले मनाउन सकेमात्र समाजलाई सकारात्मक मोडतिर लैजान सकिन्छ । समाज रुपान्तरणका लागि आफ्ना पाईला चाल्दै गरेको रतुवामाईमा रहेको संस्था आरम्भ नाट्य डबली रतुवामाईले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि वृहत रुपमा तिजविशेष कार्यक्रमको तयारी अगाडि बढाएको छ ।

डबलीले हरितालिका तिजको अवसर पारेर भदौ १६ गते रतुवामाईको सोमबारे बजारमा उक्त कार्यक्रम गर्ने भएा्को हो । महिनौ अघिदेखी मनाउदै आईरहेको तिजलाई विशेष दिनमा मात्र मनाउन पर्छ भन्ने सन्देश प्रवाह गर्दै आरम्भले उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा तिजविशेष रोचक प्रस्तुतिहरु साथमा जनेतनामुलक नाटक महसुष मञ्चन हुने कुरा आयोजकले जानकारी दिएको छ ।

नाटकमा महिला हिंसा, चेलिबेटी बेचविखन, ठुलाबढा र राजनैतिक आडमा समाजमा फैलिएको विकृति र एक जिम्वेवार देशभक्तको देशप्रतिको दायित्वलाई प्रष्ट देखाईएको कुरा कार्यक्रम संयोजक हरि नेपालले जानकारी दिएका छन । नाटक संगसंगै अन्य सांस्कृतिक कार्यक्रमहरु नृत्य, गायन, हाँस्य व्याङ्ग्य जस्ता विविध रोचक र ज्ञानमुलक कार्यक्रमहरु प्रस्तुत हुनेछन । आरम्भका हरेक कार्यक्रम समाजका लागि लाभदायक र शिक्षामुलक हुनुपर्ने संस्थाको निर्णयबमोजिम कार्यक्रम विगत वर्षहरुभन्दा भिन्न र रोचक ढङ्वाट प्रस्तुत गरिने र एउटा वच्चादेखी वृदसम्म आवश्यक पर्ने ज्ञानवर्दक साथै मनोरञ्जनात्मक प्रस्तुतिहरुका साथमा कार्यक्रम गरिने संस्थाका अध्यक्ष समिर सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com