२०७७ फाल्गुण २२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, माघ ०९, २०७७    १७:३६:३१

विराटनगर । प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब कार्यक्रम प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्री परिषदको सभा हलमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरी सुरु भएको सो कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, निमिक्त प्रमुख सचिब, प्रदेश सभाका सचिब, विभिन्न मन्त्रालयका सचिबहरु, निजामती कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


शुभकामना मन्तब्यका क्रममा प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूले लोक सेवा आयोगको गरिमा निश्पक्षतामा रहेको औल्याउँदै प्रदेश लोक सेवालाई प्रदेशमा स्थापित गराउँन सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँनु भएको छ । ज्ञान, बुद्धि, विवेक, शीप र बौद्धिकताको उचित प्रयोग राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने कुरामा जोड दिनुभएको छ । प्रदेश लोक सेवा आयोग सबैका लागि र सधैका लागि विश्वासिलो, निश्पक्ष, तटस्थ, पारदर्शी बनी रहोस् भन्ने शुभेच्छा सहित शुभकामना समेत व्यक्त गर्नु भएको छ ।


उक्त कार्यक्रममा प्रमुख अथितिले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिका को विमोचन गर्नु भएको थियो । कार्यक्रमा अतिथि तथा उपस्थित महानुभावहरुलाई प्रदेश लोक सेवा आयोगकी सदस्य माननीय सजना दहालले शुभकामना व्यक्त गर्नु भएको थियो । प्रदेश लोक सेवा आयोगका सदस्य माननीय टीकादत्त राईले प्रदेश लोक सेवा आयोगले एक वर्षको अन्तरालमा गरे भोगेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । माननीय सुबोधराज प्याकुरेल र निमित्त प्रमुख सचिबले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रदेश लोक सेवा आयोगका अध्यक्ष माननीय उत्तम कुमार भट्टराईले धन्यवाद ज्ञापन सहित कार्यक्रकको अन्त्य गर्नुभएको थियो ।

 

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com