२०७७ फाल्गुण २२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, माघ २१, २०७७    १४:१७:०३

 

तेह्रथुम । प्रदेश सरकारको रातो किताबमा उल्लेख भए अनुसारको प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुम जिल्लाको म्याङ्लुङ्ग नगरपालिकामा शुभारम्भ भएको छ । म्याङ्लुङ्ग नगरपालिकाको आयोजना, प्रदेश सरकार र हेल्पिङ युथ इटहरीको सहकार्यमा हिजो आयोजित कार्यक्रमको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।


म्याङ्लुङ्ग नगरपालिकाका एक सयभन्दा बृद्धबृद्धाले सो तीन दिने दन्त शिविरबाट लाभान्विन्त भएका छन् । पहिलो दिन दन्त परीक्षण गराउने, दोस्रो र तेस्रो दिन उपचार तथा दाँत उपहार ग्रहण गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रमको सफलताका लागि शुभकामना दिने क्रममा माननीय प्रदेश प्रमुखज्यूले नेपाल सरकारले बृद्धबृद्धालाई जीवनको उत्तरार्धमा सेवा सुविधा र खानपानमा सहज हुने वातावरण सृजना गर्नको लागि यस्तै रोचक तथा प्रभावकारी कार्यक्रम आयोजना गरेको बताउनु भयो । आज बृद्ध भएका नागरिकले हिजोको असहज परिस्थितिमा देशलाईअतुलनीय योगदान दिएको र आजको परिवर्तन त्यही योगदानको प्रतिफल भएको कुरालाई देशले आज सम्झिएकोले खुशी लागेको धारणा राख्नुभयो ।
म्याङ्लुङ्ग नगरपालिका मेयर सञ्जय कुमार तुम्वाहाम्फेको सभाध्यक्षतामा सम्पन्न नागरिक दन्त उपहार कार्यक्रममा उपमेयर पार्वती सानु डाँगीले स्वागत मन्तब्य राख्नुभएको थियो भने हेल्पिङ युथका संयोजन केशव रिमालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । पूर्वाञ्चल डेन्टल हस्पिटल, इटहरीले प्राविधिक सहयोग पु¥याएको थियो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com