२०७७ चैत्र ३१, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, फाल्गुण १८, २०७७    १७:०७:१७

 

दमक । सामाजिक सेवामा क्रियाशील पहिलो पाइला नेपाल, दमक शाखाले आज एक कार्यक्रम आयोजना गर्दै उर्लाबारीका मृगौला पीडित टीका श्रेष्ठ लाई ५० हजार र गम्भीर रोगबाट पीडित आँशु राजवंशीलाई २५ हजार रुपैयाँ उपचार खर्चका लागि नगद सहयोग उपलब्ध गराएको छ ।
पहिलो पाइला नेपाल, दमकका अध्यक्ष दीपक खड्काले पीडित टीका श्रेष्ठका भाइ तेजप्रसाद श्रेष्ठलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी, आंशु राजवंशीलाई प्रदान गरिएको आर्थिक सहयोग संस्थाका कोषाध्यक्ष दीवस खतिवडामार्फत् लक्ष्मी बैंकमा पीडितको बैंक खातामा दाखिला गर्ने गरी प्रदान गरिएको छ । संस्थालाई दमक–३ गोलाटार घर भई अमेरिकामा बस्दै आउनु भएका राजन खड्का (रामकुमार) ले रु. एक लाख सहयोग गर्नुभएको कार्यक्रममा जानकारी गराइएको थियो ।
विमारी आँशु राजवंशीको उपचारमा सहयोग पु¥याउन लाइफलाइन अस्पताल दमककी स्टाफ सुजाता थापाले रु. ५ हजार र संस्थाका सदस्य विष्णु राईले रु. ५ हजार प्रदान गरेको सो कार्यक्रममा जानकारी गराइएको थियो ।


सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको अहिलेसम्मको गतिविधिबारे कोषाध्यक्ष खतिवडाले जानकारी दिनुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका मेघनाथ फुयाँलले गर्नुभएको थियो ।
हिमशिखरलाई सहयोग
सो कार्यक्रममा संस्थाका अध्यक्ष दीपक खड्काले हिमशिखर टेलिभिजनलाई ‘विकासका लागि साझेदारी’ कार्यक्रम सञ्चालन गर्न व्यक्तिगत तर्फबाट रु.२० हजार नगद प्रदान गर्नुभएको थियो । अध्यक्ष खड्काले टेलिभिजनका लागि हिमशिखर सञ्चारकर्मी भूमिराज पराजुलीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रेडियो र टेलिभिजन दुबै प्रशारण माध्यमबाट सो कार्यक्रम प्रशारण हुने प्रतिवद्धता पराजुलीले व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com