२०७६ मंसिर ०२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, भाद्र १२, २०७६    ११:००:४१

१२ भाद्र, झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आज मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ । त्यस्तै, प्रहरीले आज नै मेचीनगर–७ स्थित गैरीगाँउबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज खवासलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com