०७चैत्र,दमक,झापा/दमक स्थित चिया बगानमा पश्चिम् तिर बाट पुर्ब आउदै गरेको प्र१-०१-००१क१०८२ नम्बरको टिफर र पुर्ब तिर बाट पश्चिम जादै गरेको प्र-१-०२-०४४प८१३३ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।
दुर्घटनामा परि मोटरसाइकल चालकको निधन भएको छ भने सो बाइकमा ३ जना सवार रहेको एक स्थानीयले बताउछन।
बाकी दुइजना बेहोसी स्थितिमा अहिले बि एण्ड सि अस्पतालमा उपचाररत रहेको ट्राफिक प्रहरीले जनाए।
पुर्ब बाट पश्चिम जादै गरेको मोटरसाइकल तिब्र गतिमा र अन्यनत्रीत रहेको त्यहाको स्थानियहरु बताउछन।
उनीहरु थप्दै भन्छन -“टिफर पनि त्यतिकै तिब्र गतिमा थियो तर पनि टिफरले भने त्यो बाइकलाइ हानेको हैन बाइक अन्यन्त्रीत भए पछी बिच बाटोमा चिप्लिएर लड्यो त्यसपछि बाइक जोगाउने हुदा टिफर रोडको तल्लो भागमा जाक्किनु पुग्यो।”
थप कुराको जानकारी आउन बाकी रहेको ईलाका प्रहरी कार्यलय प्रमुख नवराज कार्की बताउछन।