२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, भाद्र १५, २०७६    १०:५७:२२

१५ भाद्र, झापाका एक किसानले पहिलो पटक झापामा व्यावसायिक स्याउ खेती थालेका छन् । गौरादह नगरपालिका २ का भीमबहादुर खड्काले पहिलो पटक स्याउ खेती गरी गर्मी ठाउँमा समेत स्याउ फलाउनुभएको हो । आफ्नो घर छेउमा करिब एक बिघा जग्गामा खेतलाई माटोले पुरेर डाँडो बनाएर ड्याङ बनाई उहाँले स्याउका विरुवा रोप्नुभएको छ । खेतमा पहिलोपटक परिक्षणस्वरुप २ सय स्याउका विरुवा लगाईएको र अप थप विस्तार गरिने उहाँले बताउनुभयो । परीक्षणको रूपमा पहिलो पटक स्याउको विरुवा रोपेर हेर्दा राम्रो संग फल फलेकाले परिक्षण सफल भएको उहाँले बताउनुभयो ।
विरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरे पनि आठ महिनापछि नै फल फलेको उहाँले बताउनुभयो । बजारमा किनेर खाने गरेको स्याउ तराईको गर्मी मौसममा पनि फलाउन सकिने भए पछि छिमेकीहरु पनि स्याउ खेती तर्फ अर्कषित भएका छन् ।

आफन्तलाई उपचार गराउन भारत गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउ खेती गर्ने जागर चलेको किसान भीम खड्का बताउनु हुन्छ । भारत हरियानाको गर्मीमा फलेको स्याउ देख्दा आफ्नो बारिमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि विरुवा लगाएको उहाँले बताउनुभयो । करिब ५० डिग्री तापक्रम सम्ममा फल्न सक्ने रोयल रेड जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने उहाँले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com