२०७६ कार्तिक ०२, शनिबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, भाद्र १५, २०७६    २१:५५:२३

१५ भाद्र÷झापा, लिम्बू विद्यार्थी मंञ्च झापा जिल्ला कार्यसमितिको पाँचौँ अधिबेशनबाट सागर साम्बा अध्यक्षमा नर्वाचित भएका छन् । झापा दमक स्थित किरात भवनमा आइतबार सम्पन्न भएको अधिवेशनले साम्बाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दिलहाङ लिम्बू, महिला उपाध्यक्षमा सानुसा लावती, सचिवमा संञ्जय इङ्नाम, सहसचिवमा गंगा बेघा र कोषाध्यक्षमा छुनु लिम्बू निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा हिमाल लिम्बू, चन्द्र लिम्बू, आइतहाङ चेम्जोङ, आयुस लिम्बू, दिवश तिगेला, नन्या नेम्बाङ, दिपिका लिम्बू, निरु लिम्बू, अविन मेन्याङ्वो, मुना लिम्बू र रोमन लिम्बू निर्वाचित भएका छन् ।

लिम्बू विद्यार्थी मञ्च झापा जिल्ला अध्यक्ष सन्तोषी लिङदेनको अध्यक्षता र केन्द्रीय सचिव योवाहाङ तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा मञ्चका केन्द्रिय कोषाध्यक्ष विक्रम शेर्मा, केन्द्रिय सदस्य मनकुमार योङहाङ, किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नं. १ का कोषाध्यक्ष शुसन राई लगायतले शुभकाना मन्तब्य राख्नुभएको थियो ।

मञ्चको केन्द्रिय महाधिवेशन यहि असोज १२, १३ र १४ गते ताप्लेजुङको सदरमुकाम फ्ङ्लिङममा सम्पन्न हुँदैछ । महाधिवेशनको तीव्र तयारी भईरहेको बेला झापा जिल्लाले जिल्ला अधिबेशन सम्पन्न गरेको हो । झापा लगायत अरुण पुर्वका ९ जिल्ला, त्यस्तै काठमाण्डौँ, भक्तपुर, ललितपुर र चितवनमा समेत संगठन विस्तारको चाप बढेको प्रमुख अतिथि तुम्बाहाङफेले अधीवेशनको समापन समयमा जानकारी दिनभुएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com