२०७६ मंसिर ०२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, भाद्र २४, २०७६    १७:४६:५५

२४ भाद्र, झापा । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बूवान नेपालले पनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने भएको छ । गत भाद्र २०, २१ र २२ गते धरानमा बसेको मञ्चको केन्द्रिय र प्रान्तीय बैठकका निर्णयहरु आज दमकमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गदै उपनिर्वाचनमा भाग लिने मञ्चले जानकारी गराएको हो । उपनिर्वाचनलाई परिणाममुखि बनाउन प्रान्तीय स्तरको उपनिर्वाचन परिचालन समिति समेत निर्माण गरिएको मञ्चका केन्द्रिय महासचिव शान्ता योङहाङले बताउनुभयो । उपनिर्वाचन परिचालन समितीको संयोजकमा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सदस्यहरुमा माननिय प्रदेशसभा सदस्य तथा उपाध्यक्ष बिष्णुमाया तुम्बाहाङ्म्फे र उपाध्यक्ष चन्द्र खापुङ् रहनुभएको पत्रकार सम्मेलनमा बताईएको छ ।

उपनिर्वाचनमा लिम्बूवान र किरात खम्बुवानका रिक्त सबै क्षेत्रहरुमा संघिय राष्ट्रिय मञ्च, संघिय लिम्बुवान नेपाल र संघिय खम्बुवान मञ्चले आन्दोलका रुपमा दापसहितको खुकुरी चुनाव चिह्नबाट सशतm रुपमा भाग लिने उपनिर्वाचन समिति संयोजक ज्ञानबहादुर गुरुङले बताउनुभयो । यसका लागी सम्पूर्ण भातृ सङ्गठनहरुलाई क्रियाशिल बनाउने पनि गुरुङले जानकारी दिनुभएको छ ।

यसैबिच आगामी असोज ३ गते हुने संविधान दिवशलाई भने कालो दिनको रुपमा मनाउने संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बूवान नेपालले सोहि पत्रकार सम्मेन मार्फत जानकारी गराएको छ । उपनिर्वाचनमा भाग लिने पार्टिको निर्णय भए पनि संविधानका केही धाराहरुमा असहमति रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बूवान नेपालका बरिष्ठ उपाध्यक्ष तथा उपनिर्वाचन समिती संमयोजक ज्ञानबहादुर गुरुङले बताउनुभयो ।

संविधानका कतिपय बुदाहरु आदिवासीजनजाती समुदायलाई मान्य नभएको भन्दै त्यसलाई संसोधनको माग सहित यसपालि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने पार्टिको निर्णय भएको उहाँले बताउनुभयो । पहिचानको मुद्धालाई गोलीले दबाएर ३ दलले जबरजस्ती संविधान जारी गरेको दावि गर्दे उहाँले पहिचान बिरोधी संिवंधानका धाराहरु जलाएर कालो दिन मनाउने पत्रकार सम्मेलन मार्फत उद्घोष गर्नुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com