रेडियो झापा 100.7 MHz.
आइतबार, भाद्र २९, २०७६
१५:३२:५५
संखुवासभा,भाद्र २९ गते । संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको छ । शनिवार दिउँसो सवा १ बजेको समयमा उक्त सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका-७ का ९१ बर्षीय सवर बहादुर राईलाई ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जेसीबी तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
सम्बन्धित