२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आश्विन ०३, २०७६    १७:०३:२१

 

असोज ३, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ ।

पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बताए ।

खनालले प्रहरीका साथै विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरलाई समेत ल्याई चेकजाँच गरिएको बताए । यद्यपी कतै केही फेला नपरेको उनले बताए । ‘हामीले विस्फोटक पदार्थ राखएको सूचना पाएपछि चेकजाँच गरेका हौं’ खनालले भने, “तर त्यस्तो केही पनि फेला परेन ।’

उनले विस्फोटक पदार्थ फेला नपरेपछि मन्दिर दर्शनका लागि खुल्ला गरिएको बताए । ‘हामीले केही बेर दर्शनार्थीसहितकाई परिसर बाहिर राखेर चेकजाँच गर्‍यौं र, अहिले पुनः दर्शनका लागि खुल्ला गरेका हौं ।’

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com