२०७७ साउन २६, सोमबार
Close
निशेष राई सत्यरुप शुक्रबार, आश्विन ०३, २०७६    १८:३७:१२

असोज ३/ झापा, नेपालको संविधानले सम्पुर्ण समुदायलाको भवनालाई समेट्दै सवैको अधिकार सुनिश्चित गरेको उप–प्रधान तथा रक्षामन्त्रि ईश्वर पोख्रेलले बताउनुभएको छ । झापाको विर्तामोडमा नेकपा झापाले आयोजना गरेको संविधान विशेष वृहत कार्यक्रमलाई सम्वोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधीहरुले लामो समयसम्म छलफल र बहस गरेर सवैको सहभागितमा बनाएको संविधानको कुनै विकल्प नै नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
विदेशी शक्तिको आडमा केहि व्यक्तिहरु अहिले संविधान जलाउन लागिपरेको भन्दै उहाँले नेपालको संविधान कुनैपनि हालतमा विभेदकारी नरहेको जिकिर गर्नुभयो । संविधानमै स्पष्टसंग संविधान संसोधन गर्न सकिने कुरो उल्लेख भएको हुनाले कोहि व्यक्तिलाई संविधान अपुर्ण र विभेदकारी लाग्छ भने जनतासामु प्रत्यक्ष निर्वाचनमा गएर वहुमत सृजना गरी संसोधन गर्न सक्ने भन्दै उहाँले त्यस्ता व्यक्तिहरुलाई वहुमत सृजना गर्न चुनौती समेत दिनुभयो ।
अर्को प्रसङ्गमा बोल्दै उहाँले अहिले देशमा राजतन्त्र फर्काउनका लागि नयाँ ढङ्गबाट षणयन्त्र सुरुभएको हुनाले सवै नेपालीलाई सचेत हुन आग्रह पनि गर्नुभयो । लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु अहिले नयाँ स्वरुपमा गल्लिमा देखिन थालेका हुनाले त्यस्ताका भ्रममा नपरी सवै नेपाली एक भएर त्यस्तालाई लखेट्नु पर्ने बला आएको उहाँले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com