२०७७ साउन २६, सोमबार
Close
निशेष राई सत्यरुप शनिबार, आश्विन ११, २०७६    १८:१२:४८

११ असोज । राष्ट्रसेवक कर्मचारीहरुलाई हौसला प्रदान गर्नका निम्ति गरिने एक मात्र प्रतियोगिता इन्टेग्रिटी आइकन नेपालको छैटौं संस्करणको उपाधि इलाम चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले पाउनुभएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच राईलाई ‘इन्टेग्रिटी आइडल २०१९’ घोषणा गरिएको हो । यस वर्षको ‘इन्टेग्रिटी आइडल’ मा छनौट भएका अन्तिम पाँचमध्ये एसएमएस र वेबसाइटबाट प्राप्त मतका आधारमा राई ‘सर्वाेत्कृष्ट’ अर्थात ‘इन्टेग्रिटी आइडल’ को छनोटमा पर्नुभएको हो ।
एकाउन्टबिलिटी ल्याब नेपालको आयोजनामा भएको अवार्डमा अन्य चार जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि हात पार्नुभएको होे । अवार्डको शीर्ष पाँचमा राईसँगै वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा काठमाडौंका शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्र, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत ईश्वरी सुवेदी, भानुभक्त माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरै र जिल्ला अस्पताल मुगुकी सिनियर अनमी पुण्यप्रभा देवकोटा हुनुहुन्थ्यो । यस वर्ष पाँचै जनालाई उनीहरूको विशेष योगदानको कदर गर्दै छुट्टाछुट्टै उपाधिबाट सम्मान गरिएको छ । जस–अनुसार, चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई ‘इन्टेग्रिटी विथ एक्सन अवार्ड’ बाट सम्मान गरिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले विभिन्न ७ चरणको छनोट प्रक्रियापश्चात विभिन्न मापदण्डका आधारमा प्रतिस्पर्धीमध्येबाट अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएको छ ।

नागरिक स्तरबाट सर्वाेत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि ‘इन्टेग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टेग्रिटी आइडल २०१९’ मा यस २०१८ डिसेम्बर ७ देखि २०१८ मार्च महिनाको अन्तिमसम्म मनोनयन खुल्ला गरिएको थियो । जस अन्तर्गत ७१ जिल्लाबाट ११०० वटा मनोनयन प्राप्त भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्र्व सचिव जीवनप्रभा लामा सदस्य रहनु भएको निर्णायक समितिले उत्कृष्ट छनोट गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com