२०७७ साउन २६, सोमबार
Close
रेडियो झापा संवाददाता आइतबार, आश्विन १२, २०७६    १३:०५:१६

१२ असोज । झापाको भद्रपुरस्थित जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरुमा चिलाउने रोग दादको महामारी फैलिएको छ । एकमहिना यता फैलिएको महामारी नियन्त्रणमा आउन सकेको छैन । कारागारका सिनियर अहेव बलदेव शाहका अनुसार ११ सयभन्दा बढि थुनुवा र कैदी रहेको कारागारमा आधाभन्दा बढिमा दादको समस्या रहेको छ । ५ सयभन्दा बढिलाइ औषधि तथा मलम दिईएको भएपनि दाद नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । खचाखच रुपमा कैदी तथा थुनुवा बस्नुपर्ने बाध्यताले गर्दा यो महामारीको रुपमा फैलिएको समेत शाहले बताउनुभयो ।
दाद आएको मानिसले सरसफाइमा विशेष ध्यान दिनुपर्ने र सबै सामान आफुलेमात्र चलाउनु पर्नेमा यस्तो नहुँदा समस्या भएको उहाँले भन्नुभयो । मलम लगाएपछि लगाउन्जेल ठिक हुने र मलम लगाउन छाडेपछि फेरी आइहाल्ने भन्दै यस रोगलाई नियन्त्रण गर्न आफुहरुलाई पनि समस्या भएको शाह बताउनुहुन्छ । यस्तै अवस्था रहे कारागारभित्रका सबै कैदीलाइ दादको समस्या हुनसक्ने उहाँले जनाउनुभयो ।
जिल्ला कारागारका जेलर राजेन्द्र निरौलाका अनुसार कारागारभित्र छालाको रोग अर्थात दादको समस्या भएको थाहा पाएपछि छाला रोग विशेषज्ञ ल्याएर नै जाँच तथा औषधि प्रदान गरिएको छ । जाँच र औषधि प्रयोग भएपनि यो नियण्त्रणमा आउन सकेको छैन, उहाँले भन्नुभयो । यसलाइ नियण्त्रणमा लिनका लागि आवश्यक छलफल र परामर्श भने भईरहेको उहाँले बताउनुभयो ।
दाद अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । यो फङ्गस (ढुसी) को कारण आउँछ । यो यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ । सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल हुने बताइन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com