२०७६ मंसिर ०२, सोमबार
Close
रेडियो झापा संवाददाता मंगलबार, आश्विन १४, २०७६    १२:५२:११

१४ असोज । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई घोषित भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर राई करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका आधारमा प्रतिभा छनौट समितिले अवार्डका लागि सिफारिस गरेको हो । शारीरिक सुगठनका उमेश राईले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनकै राम दाहाललाई पछि पारेका हुन् । स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड भने झापाकी कराते खेलाडी एस्तर राईले जितेकि छिन् । एकेएफ क्याडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिबलकी बिनिता बुढाथोकीलाई पछि पारेकी हुन् । वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरेकी छिन् ।

यसैगरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । त्यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जितेका छन् भने पिपुल्स च्वाइजको अवार्ड भने फुटबलर कर्ण लिम्बूले जितेका छन् । विजेता तिनै जनाले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेशविक्रम नेम्वाङले प्राप्त गरेका छन् । विजेता नेम्वाङ्ले नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

२०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा विगत तीन वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com