२०७७ साउन २६, सोमबार
Close
रेडियो झापा संवाददाता बुधबार, आश्विन १५, २०७६    १२:२५:३९

१५ असोज । झापाको गौरादह नगरपालिकामा उपभोक्ता समितिको रकम भुक्तानीकालागि पटक पटक धाउदा नगरपालिकाको गेटमा नै एक स्थानियको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएको छ । गौरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीको परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानियबीच भएको आजको तनाव साम्य भएको हो ।
सामाजिक कार्य गर्दै निज राजवंशीको मृत्यु भएको जनाउदै श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले उनलाई सामाजिक अभियन्ताका रूपमा सम्मान दिने समेत निर्णय गरेको छ । नगरपालिकाले नगरपालिकाको कामकारबाहीको अनुगमन गर्ने, अनियमितता गर्ने कर्मचारीको छानवीन गरि कानुनी कार्वाहिका लागि सिफारिस गर्नेलगायतका कार्यहरू गर्न सुशासन समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
गौरादह नगरपालिका वार्ड न. ८ भुडिसिमल बस्ने बर्ष ५८ का धनवीर राजवंशी असोज १२ गते उपभोक्ता समितिको रकम भुक्तानीका लागि नगरपालिका गएका थिए । पटक पटक भुक्तानीका लागि नगरपालिका गए पनि रकम निकासी नभएको र असोज १२ गते पनि भुक्तानी नपाए पछि उनी नगरपालिका मुल गेटमै बेहोस भएका थिए । उनलाई उपचार गर्न लाने क्रममा मृत्यु भएपछि हिजो देखि मृतक राजवंशीको लास नगरपालिका परिसरमा राखी स्थानियहरूले प्रदर्शन गरिरहेका थिए । नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को वजेटबाट वैराती बजार टहरा निर्माणका लागि ३ लाख रूपैयाँ छुट्याएको थियो । उक्त टहरा निर्माण गर्न मृतक राजवंशीको अध्यक्षतामा टहरा निर्माण समिति गठन भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com