२०७६ माघ ११, शनिबार
Close
निशेष राई सत्यरुप बिहिबार, आश्विन १६, २०७६    १८:१७:१४

१५ असोज । चाडपर्वको समयमा शान्तिशुरक्षा चुस्त बनाउन इलामको चुलाचुली गाउँपालिकामा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । चाुलाचुली गाउँकार्यपालिकाले आयोजना गरेको कार्यक्रममा सम्पुर्ण वडाका जनप्रतिनिधीहरु, चुलाचुली गाउँपालिकामा रहेका शुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलका प्रमुखहरु, समाजसेवी, वुद्दिजिवी लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । गाउँपालिकाको सभाहलमा आज सम्पन्न भएको कार्यक्रममा वडादशैँको शुभकामना आदानप्रदानका साथै सुरक्षा व्यवस्थालाई चाडवाडको समयमा पनि चुस्त राख्नका लागि सरोकारवालाहरुको भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको थियो ।
चाडवाडको समयमा चुलाचुलीको शुरक्षालाई चुस्त र मर्यादित बनाउन सो छलफलबाट सरोकारवालाहरुले विभिन्न वुँदा जारी गर्दे ऐक्यावद्धता समेत जनाएका छन् । जसअनुसार अव रातको ९ बजे भित्रमा पालिका आसपासको मदिरा पसलहरु बन्द गरिसक्नु पर्ने छ । त्यसैगरी पालिका हाताभित्र जुवातास खेल्न पुर्ण रुपमा प्रतिबन्ध लगाईएको छ । रातको ९ वजे पश्चात मदिरा सेवन गरेर हिड्न तथा हुल हुज्जत बनाएर होहल्ला गर्न, पाटी–भोज खान समेत निषेध गरीको छ । लागुऔषध नियन्त्रणकालागि र काठ–पात चोरी पौठारी नियन्त्रणका लागि समेत सरोकारवालाहरुले समन्वयकारी भुमिका निर्वाह गर्ने भन्दै ऐक्यावद्धता जनाएका छन् ।
गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा पालिकामा रहेका ६ वटै वडाका अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । त्यसैगरी सुरक्षा निकायको तर्फवाट चुलाचुली शसस्त्र क्याम्प कलमका प्रतिनिधी प्रहरी नायव निरिक्षक सन्तोश चौधरी, प्रहरी चौकी पेल्टीमारीका ईन्जार्ज प्रहरी नायव निरिक्षक देवराज केसी, राजनितिक दलका तर्फबाट नेकपा चुलाचुलीका अध्यक्ष तुला लावती, काङ्ग्रेस तर्फबाट राजेन्द्र केरुङ लगायत बुद्धिजिवीहरु ओमनारायण खनाल, तुला लावती लगायतको सहभागीता रहेको थियो । कार्यक्रम पालिकाका कानूनी सल्लाहाकार अधिवक्ता विक्रम वस्नेतले संञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com