२०७६ कार्तिक ०२, शनिबार
Close
निशेष राई सत्यरुप बिहिबार, आश्विन १६, २०७६    १९:१२:४८

१६ असोज । दमक नगरपालिकाले वडादशैं, शुभ दिपावली, छैँठ पर्व तथा नेपाल सम्वत ११४० को पुर्वसन्ध्यामा आज पत्रकारहरुसंग शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार यस बर्ष पत्रकारहरुलाई बोलाएर शुभकामना आदनप्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताउनुभयो ।
कार्यक्रममा दमक नगरपालिकाका कार्यवहाक प्रमुख गीता अधिकारीले नगरपालिका पत्रकारीताको हित र विकासका निम्ती प्रतिबद्ध रहेको बताउँदै सबै चाडपर्वहरुको अवसरमा सञ्चार क्षेत्रमा थप उन्नती र प्रगतिका लागि शुभेच्छा प्रकट गर्नुभयो । नगरपालिकाले सबै नगरबासीहरुप्रति समेत शुभकामना व्यक्त गरेको छ ।
साथै सोहि कार्यक्रममा नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि हरेक वर्ष झापाको विर्तामोडमा गर्दै आएको शुभकामना आदनप्रदान कार्यक्रमलाई यस पटक दमकमा गर्ने तयारी गरेको भन्दै खुशी समेत व्यक्त गरेको छ । कार्यवहाक नगर प्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र दमक २ का वडाध्यक्ष प्रजापती सापकोटाले नेकपा अध्यक्ष समेत रहहनुभएका प्रधानमन्त्री ओलीको निजी खर्चमा स्थानीय पार्टी, सहयोगी, शुभेच्छुकहरुको व्यवस्थापनमा यही असोज २० गते दमकमा शुभकामना आदनप्रदानको कार्यक्रम रहेको जानकारी गराउनुभएको हो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि हरेक वर्ष सो कार्यक्रम नवमी तीथीको अवसर पारेर विर्तामोडमा गर्दै आउनु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com