२०७६ कार्तिक ०२, शनिबार
Close
निशेष राई सत्यरुप शनिबार, आश्विन १८, २०७६    २१:५६:५१

१८ असोज, दशैँको पुर्व सन्ध्यामा आयोजना गरिएको प्रथम अन्धाराजा भेट्रान कपको उपाधी पेल्टिमारी भेट्रान क्लवले हात पार्न सफल भएको छ । चुलाचुली ५ स्थित चपेटीमा आज सम्पन्न भएको फाईनल खेलमा मार्चेबुङ भेट्रान क्लव माङ्सेवुलाई ३ का विरुद्ध १० गर्दे चुलाचुली भेट्रान क्लव चुलाचुलीले फराकिलो गोलअन्तरमा जित हात पारेको हो । जित संगै विजेता टोलीले नगद रु २५ हजार रुपौँया सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता टोली मार्चेबुङ भेट्रान क्लव माङ्सेवुङले नगद रु १५ हजार रुपौँमा चित्त बुझाएको छ भने दमक २ बोहोरा टोल भेट्रान क्लव तृतिय हुँदै नगद रु ५ हजार रुपौँया सान्तवन्ना पुरस्कार प्राप्त गरेको छ ।
चुलाचुली ५ चपेटी स्थित रतुवा किनारको (रंगशालाको नामाङ्कन गरिएको छैन) फुटवल रंगशलामा भएको कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा चुलाचली सामाजिक विकाश तथा खेलकुद समिती संम्योजक रामप्रसाद राई सहित चुलाचुली ५ का वडाध्यक्ष चन्द्रकुमार थापा, ३ का वडाध्यक्ष नरेन्द्र लावती लगायतको आतिथ्यता रहेको अन्धाराजा भेट्रान कप अयोजक समितीका अध्यक्ष दिपक मगरले जानकारी दिनुभयो ।
अन्धाराजा भेट्रान समितीले आयोजना गरेको तृदिवसीय भेट्रान कपमा आयोजक सहित इलाम, झापा र मोरङका गरी जम्मा १४ वटा भेट्रान टिमको सहभागीता रहेको थियो । साथै कार्यक्रको अन्त्यमा अम्पायर तथा अतिथीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com