२०७६ मंसिर ०२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आश्विन २४, २०७६    १४:१८:५९

 

सिन्धुपाल्चोक,२४ असोज । सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दुर्घटनामा चालकसहित १२ को मृत्यु भएको र ६० जना घाइते भएको उद्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करिव ९ः३० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित तिखु मोडमा दुर्घटना भएको थियो । मृत्यु हुनेहरुमध्ये हालसम्म पाँच जनाको सुनाखत भएको छ । सनाखत हुनेहरुमा इन्द्रावती ९का हिरा श्रेष्ठ, इन्द्रावती ९कै बिनोद लम्साल,चालक केदार महाजु,काभ्रे पाँच खालकी सङ्गिता पुर्कोटी र इन्द्रावती १०का रितेश आचार्य रहेका छन् । घटनास्थलमा घाइतेहरुको उद्दारका लागि हेलिकप्टर र स्काभेटर परिचालन गरिएको छ भने उपचारार्थ धुलिखेल अस्पताल पुर्याइएको छ ।

प्रत्यक्षदर्शीको बयानः बसको ब्रेक फेल थियो

“गुडेदेखि नै बसको ब्रेक लाग्दैन भनेर चालकले भन्दै थिए । दसैं मानेर काठमाडौं फर्कने यात्रुको भीड थियो । बसभित्र झुण्डिनेसमेत ठाउँ नभएपछि धेरै बसले चढेनन् । अर्को गाडी पर्खिए,” उनले बाह्रखरीसँग भनिन् ।
तिखु मोड नआइपुग्दै आफू गाडीबाट ओर्लिएको र ओर्लिनासाथ दुर्घटनामा परेको लक्ष्मी बताउँछिन् ।

“त्यहाँनेर बाटो फराकिलो थियो । तर पनि गाडीले बल्ड्याङ खायो । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ, उनको शव पनि निकाल्न सकिएको छैन,” उनले भनिन् ।

केही यात्रु बसभित्रै च्यापिएकाले निकाल्न कठिन भइरहेको उनले जानकारी दिइन् । दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अझै बढ्ने आशंका उनको छ ।

घाइतेमध्ये केहीको हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ । घाइतेको अवस्था पनि चिन्ताजनक रहेको उनको भनाइ छ ।

दुर्घटनामा देवर विनोद लम्सालको निधन भएको बताउँदै उनले इन्द्रावती गाउँपालिका–९ र १० का यात्रु दुर्घटनामा परेको र हताहती पनि त्यहीँका भएको बताइन् ।

कच्चि सडक, यात्रुको भीड र बसको अवस्था नै दुर्घटनाको कारक भएको उनी बताउँछिन् । “बाटो साँघुरो र घुम्ती छ । पुराना बस छन् । समयमा मर्मत पनि हुँदैनन् । त्यसैले दुर्घटना भयो,” उनी भन्छिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com