२०७६ मंसिर ०२, सोमबार
Close
निशेष राई सत्यरुप बिहिबार, आश्विन ३०, २०७६    १८:३८:२६

२९ असोज । इलामको चुलाचुली गाउँपालिका वडा न. २ मा रहेको जनता माध्यमिक विद्यालयमा तिन बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङको पढाई यो बर्षबाट सुरु हुने भएको छ । एस.ई.ई वा एस.एल.सि.उत्तिर्ण विद्यार्थीले यो विषय अध्यन गर्न सक्ने बताईएको छ । विद्यालयका प्रध्यानध्यापक लक्ष्मिईश्वर वनवरियाका अनुसार यो विषयको अध्यनकालागि इलाम जिल्ला अन्तर्गत चुलाचुलीको जनता मा.वि. ले मात्र स्विकृती पाएको हो । हाल तिन बर्षे डिप्लोमा इन सिभिल ईन्जिनियरिङ पठनपाठनकालागि सिटिइभिटीबाट प्रदेश न. १ अन्तर्गतका ४ जिल्लाका ५ वटा विद्यालयले मात्र स्विकृती पाएको छ । जसमा ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका १ मा रहेको सिनाम मा.वि., ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका १२ मा रहेको सगरमाथा जनता मा.वि., मोरङको विराटनगर महानगरपालिका १ मा रहेको राधाकृष्ण भुपालमान सिंह कार्की मा.वि., मोरङकै सुन्दरहरैचा नगरपालिका ६ मा रहेको साजिजाल मा.वि. र इलामको चुलाचुली २ मा रहेको जनता मा.वि. रहेका छन् ।

चुलाचुलीको जनता मा.वि.मा यो बर्ष पठनपाठनकालागि ४८ जनाको कोटा खुला गरिको छ । जसरमा ४ जना विद्यार्थीका लागि छात्रवृत्तिको ब्यवस्था समेत रहेको प्रध्यानध्यापक वनवरियाले जानकारी दिनुभयो । ईच्छुक विद्यार्थीले यही कार्तिक १ गते सम्ममा १५०० रकम भुक्तानि गरेर परिषद्को वेवसाईड www.ctevt.org.np  मा अनलाईन आवेदन दिन सक्ने बताईएको छ । प्रवेश परिक्षा भने यहि कार्तिक १४ गते विहान ८ बजे तोकिए पनि परिक्षा केन्द्रको टुङ्गो लगाईएको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com