२०७६ मंसिर २५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, कार्तिक २१, २०७६    १९:५३:३९
२१ कार्तिक, दमक । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ ले आज दमकमा पत्रकार सम्मेलको आयोजना गर्दे आफ्नो निर्णयहरु सार्वजनिक गरेको छ । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ को पूर्ण बैठक हिजो दमकमा सम्पन्न भएको थियो । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएपछि पहिलो पूर्ण बैठक बसेको हो । आज दमकको पाथिभरा पार्टी प्लालेसको सभाहलमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा प्रदेश समितिका अध्यक्ष प्रविण चाम्लिङको हस्ताक्षरीत विज्ञप्ती जारी गर्दै निर्णयहरु सार्वजनिक गरीएको हो । प्रेस नेपाल प्रदेश नं. १ को आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमा प्रेस नेपाल प्रदेश १ का अध्यक्ष फिपराज वेघाको अध्यक्षता भएको थियो भने कार्यक्रम मुख्य सचिव अजित धिमालले सञ्चालन गर्नुभएको थियो । समाजवादी पार्टी प्रदेश नं. १ ले जारी गरेको विज्ञप्तीः मितिः २०७६÷०७÷२१ प्रेस विज्ञप्ति नेपाली जनताको पटक पटकको बलिदानी र संघर्षबाट प्राप्त सङ्घीय गणतन्त्र नेपालमा उत्पीडित जनताको चाहाना अनुसारको परिवर्तनको प्रत्याभूत आमजनताले गर्न सकेको छैन्, त्यसलाई साँच्चै जनतालाई अधिकार सम्पन्न र मुलुकलाई समृद्धि र सुशासन दिलाउनको निम्ति आज नेपाली जनताको वैकल्पिक शक्तिको रूपमा समाजवादी पार्टीको स्थापना भएको हो । यसरी समाजवादी पार्टीले आफ्नो कार्यक्रमहरुलाई जनस्तरमा पुर्याउनका निम्ति विभिन्न गतिविधि गर्दै आएको छ । यसै सन्दर्भमा समाजवादी पार्टी प्रदेश नं. १ को मिति २०७६ कार्तिक २० गते झापाको दमकमा पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले समसामयिक राजनीतिक विषयमा महत्वपुर्ण निर्णयहरु गरेको छ । छिमेकी मुलक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचारप्रति समाजवादी पार्टी प्रदेश नं. १ को गम्भीर ध्यानाकर्षण भएको छ । सो भूभाग नेपाल कै हो, दुइ देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेद जनक र अमान्य छ । त्यस्तै कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकोले सो सम्बन्धी सम्झौता तत्काल खारेजीको माग गर्दछौं । साथै झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालालाई मदन भण्डारी रंगशाला बनाउने सरकारको दुस्प्रयासप्रति समेत खेद प्रकट गर्दै आदिवासी रंगशाला नै कायम गरि काम अघि बढाउन समेत जोडदार माग गर्दछौं । बैठकले गरेका महत्वपूर्ण थप निर्णयहरुः १. आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा पार्टीले सशक्त रूपमा सहभागिता जनाउने भएकाले पार्टीका प्रदेश नं. १ का मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरियो । साथै कोषाध्यक्ष विनोद नेम्बाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति र सदस्य कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उप–समिति गठन गरियो । २. आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा सुनसरी धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वार गजेन्द्र इस्वो लिम्बू, पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका प्रमुख पदको उम्मेद्वार बिमला आङदेम्बे नेम्बाङ, फिदिम नगरपालिका वार्ड नं. १ को अध्यक्षमा गौरव लामा र हिलिहाङ गाउँपालिका वार्ड नं. ७ को अध्यक्षमा भवानी योङयालाई सर्वसम्मत उम्मेद्वार चयन गरियो । ३. समाजवादी पार्टी प्रदेश नं. १ मा समायोजन गर्न बाँकि रहेको जिल्ला, नगरपालिका, गाउपालिका र जनवर्गीय संगठनहरुको समायोजनको निम्ति उपाध्यक्ष दीपक याक्खाको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरियो । ४. पहिचान सहितको संघीयता र संविधान संशोधन विषयक प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्याशाला गर्ने निर्णय गरियो ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com