२०७६ मंसिर २५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, मंसिर ०८, २०७६    ११:४७:४०

 

काठमाडौं । चितवन मेडिकल कलेजको होस्टेलमै प्रहरीले स र्ट ग न बरामद गरेसँगै होस्टेलका सबै विद्यार्थीहरु बाहिरिएका छन् । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित होस्टेलबाट शनिबार रातिनै सबै विद्यार्थीहरु बाहिरिएका जानकारी गराइएको छ ।

करिब तीन सय विद्यार्थीहरु शनिबार राति नौ बजेको समयमा होस्टेलबाट बाहिरिएका हुन् । स र्ट ग न फेला परेसँगै उक्त होस्टेललाई प्रहरीलको टोलीले शनिबार दिउँसोदेखिनै घेरेको थियो ।

यसैबीच असुरक्षा भएको भन्दै सबैजना विद्यार्थीहरु एकसाथ होस्टलबाट राति नै बाहिरिएको एक विद्यार्थीले जानकारी गराए । यसरी होस्टेलबाट बाहिरिएसँगै उनीहरु भरतपुरका विभिन्न होटलमा गएर बसेका छन् । उक्त होस्टेल परिसरमा पेस्तोल (सर्ट गन) केही थान गोलीसहित फेला परेसँगै प्रहरीले होस्टेलभित्र खानतलासीको प्रयास गरेको थियो । होस्टेल परिसर प्रहरीले घेराउ गरेको छ । प्रहरीले होस्टलमा छापा मा रेपछि त्यसको विरोधमा विद्यार्थीले नाराबाजी गर्दै बिरोध गरेका छन् ।

मेडिकल कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर राखेको विद्यार्थीले बताएका छन् । होस्टलका सुरक्षा गार्डले ह तियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनकाअनुसार होस्टलभित्र ९ एमएमको पे स्तोल र त्यसमा लाग्ने दुई रा उण्ड गो ली भेटिएको छ ।

तर पे स्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन । विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् ।

यसै बिच होस्टेल भित्र ह तियार फेला परेपछि प्रहरीले पाँचजना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ । कलेजको कम्पाउण्ड भित्रको कर्नरमा पे स्तोल भेटिएपछि सोधपुछका लागि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । होस्टेल परिसर प्रहरीले केहीबेर घेराउ गरेको थियो । सामान्य सोधपुछका लागि सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।

source : etajakhabar.com

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com