२०७७ साउन २६, सोमबार
Close
निशेष राई सत्यरुप बुधबार, पौष १६, २०७६    २०:२८:२४

१६ पौष । आउदो शुक्रबारदेखि बंगलादेशको जेसार शहरमा हुने अन्तराष्ट्रियस्तरको कराँते प्रतियोगितामा सहभागि हुन इलामको चुलाचुलीबाट एकजना जना खेलाडी त्यस तर्फ प्रस्थान गरेका छन् । चुलाचुली गाउँपालिका वडा न. ५ का कराँते खेलाडी मनकुमार योङ्हाङले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने बताईएको छ ।
त्यस्तै सो खेलमा सहभागी हुन दमक ३ का मन बहादुर लिम्बु, पेमदिकी शेर्पा र प्रशिक्षक डम्बर बहादुर सुनुवार पनि त्यस तर्फ गएका हुन् ।लिम्बुले ६० केजी तौल समुहबाट र शेर्पाले ५० केजी तौल समुहबाट प्रतियोगितामा आफ्नो खेल प्रस्तुत गर्ने जनाइएको छ । एक प्रशिक्षकसहित ४ सदस्यीय सो खेलाडी टोलीलाई आज दमक ३ को वडा कार्यालयले सक्षिंप्त कार्यक्रम गरि विदाई गरेको छ ।
सो अवसरमा नगरपालिकाकी उपमेयर गीता अधिकारी, वडाध्यक्ष नविन बराल, वडा सदस्यद्धय तनकुमारी दाहाल, सुकदेव लुइँटेल, वडा सचिव सन्दिप सुवेदी लगायतले खेलाडीहरुलाई अग्रिम शुभकामना सहित विदाई गर्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com