२०७६ फाल्गुण १३, मंगलबार
Close
निशेष राई सत्यरुप बिहिबार, पौष २४, २०७६    १७:३६:४०

२४ पौष । इलामको चुलाचुली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रनबहादुर लिम्बूले आज आफ्नो जन्मदिनको अवसर पारेर वडाका विपन्न तथा जेष्ठ नागरीकलाई न्यानो कपडा तथा विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
जन्मदिनको अवसरमा वडाध्यक्ष लिम्बूले आफ्नो सरकारी सुविधा वापतको रकमले वडामा रहेका ८ जना विपन्न जेष्ठ नागरीकलाई म्याट र ब्ल्याङ्केट वितरण गर्नुभएको हो । त्यस्तै उहाँले आफ्नो सरकारी सुविधावापतको रकमले नै वडा नं. २ मा रहेको पञ्चकन्या प्राथमिक विद्यालयलाई नगद रु १ लाख १२ हजार रुपैँया सहयोग प्रदान गर्नुभएको छ ।

५० औँ जन्मोत्सवको आवसरमा उहाँले गाउँपालिकाको सभाहलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी सो सहयोग प्रदान गर्नुभएको हो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमा शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष राईले यो कार्य निकै प्रशसंनिय रहेको बताउनुभयो । आउदो दिनहरुमा पनि यो कार्यलाई निरन्तरता दिई रहन शुभकामना दिदैँ वडाध्यक्ष लिम्बूलाई जन्मदिनको शुभकामना दिनुभयो ।
वडाध्यक्ष लिम्बूले सरकारी सुविधा वापतको सवारी साधन पनि लिनुभएको छैन । उहाँले सवारी सुविधा वापत प्राप्त गर्ने रकम सडक ग्राभेल गर्न र विद्यालयको भवन निर्माण गर्नमा प्रदान गर्नुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com