२०७६ फाल्गुण १३, मंगलबार
Close
निशेष राई सत्यरुप बिहिबार, पौष २४, २०७६    १८:३६:०१

२४ पौष, इलाम । तोरीवारी कृषि सहकारी संस्था लिमिटेडको दशौँ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । चुलाचुली ६ तोरीवारी स्थित गिताञ्जली प्रा.वि.को प्रङ्गणमा संस्थाका वर्तमान अध्यक्ष राजकुमारी पौडेल खड्काको अध्यक्षतामा र चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा साधारण सम्पन्न भएको हो ।
साधारणसभामा संञ्चालक समितीका अध्यक्ष राजकुमारी पौडेल खड्काले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आन्तरिक लेखा समितीका संयोजक भिबवहादुर खड्काले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको आर्थिक बर्ष २०७५÷७६ को कुल आय रु १ करोड १२ लाख ८८ हजार ३ सय ५४ रुपैँया रहेको छ । संस्थाको खुद आम्दानी रु ८ लाख ८२ हजार ४ सय छत्तिस रुपैया रहेकोछ भने खुद खर्च रु ४ लाख १७ हजार २ सय ७२ रुपैँया रहेको छ । त्यस्तै संस्थाको नाफा रु ४ लाख ६५ हजार १ सय ६४ रुपौँया र खुद नाफा रु १ लाख ६५ हजार १ सय ६३ रुयैँया रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com