२०७७ आश्विन १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, माघ १७, २०७६    १८:४९:३३

पैसा र भक्ताका कारण बिभिन्न बिबादमा फस्दै आएका जनप्रतिनीधीको समचार आइरहदा पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का वडाध्यक्ष सागर राई भने सामाजिक कार्यमा लागेका छन । गरिव र रोगिको सेवा गर्न आफ्नो सबै काम छाडेर लाग्ने गरेको वडा नं. १० का बासिन्दा बताउछन । आफ्नो सेवा सुबिधाबाट आएको एक एक पैसा जोहो गर्दै वडाका धेरै बिरामीको उपचार गरिरहेका छन ।न्युन आर्थिक अवस्था भएकै कारण उपचारबाट बञ्चित वडा नम्वर १० की दिर्घरोगी उमा विश्वकर्मालाई नगद १० हजार सहयोग प्रदान गरेका छन । राईले सो रकम आफ्नो मासीक तलब भक्ताबाट कटाएर सहयोग गरेका हुन । लामो समय भारतमा बसेर आएकी उमालाई दिर्घरोग लागेको थाहा पाए पछि वडाध्यक्ष राईले आफ्नो तलव भत्ताकाे केहि रकम उपचारमा सहयोग गरेको बताए । राईले आफ्नो वडामा बिरामी भएको थाहाँ पाए पछि घरमै गएर उपचारका लागि अस्पताल पुर्याउने गरेका छन् भने बिदेशका अलपत्र भएका ब्याक्ती र मृत्यू भएका ब्याक्तीलाई नेपाल झिकाउन मन्त्रालय सम्म आफै पुग्ने र सहयोग रकम जुटाउने गरेका छन ।

युवा जोस जागर भएका वडाध्यक्ष थोरै बोल्ने धेरै काम गरेर देखाउदै भष्ट्रचार बिरुद्ध चर्को र कडा सैलिमा प्रस्तुत हुने गरेका छन् । नोवेल अस्पताल विराटनगर र डा. सुनिल शर्माको सहयोगले वडाका बिरामीको उपचार गराउन आफुलाई समस्या नरहेको राईको भनाई छ । समाजको लागि आफ्नो आर्थिक, भौतिक र मानबिय हिसाबले सकेसम्म सहयोग गर्दै आइरहेका वडा अध्यक्ष राईले आफ्नो वडाभरी सडक बत्ती लगाएर उज्यालो वडा बनाई रहेका छन । वडालाई सुबिधा सम्पन्न पार्न नगर, प्रदेश र केन्द्रीय सरकार संग पहल गरि बाटो र बिजुली घर घर सम्म पुर्याएका छन ।

गएको स्थानीय चुनावमा नेपाली काङग्रेसका तर्फबाट वडा नं. १० मा वडाध्यक्ष राई मात्र विजयी भएका थिए भने एक जना वडा सदस्य तत्कालीन माओवादी र ३ जना वडा सदस्य तत्कालीन एमालेबाट विजयी भएका थिए । जनप्रतिनिधि हुनु भन्दा अगाडी देखि नै सामाजिक कार्यमा सक्रिय रहेकाले वडा बासीले उनलाई विजयी बनाएका हुन । उनको सामाजिक कार्यले गर्दा इलाका प्रहरी कार्यलय पथरीले असल नागरीक घोषण गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com