२०७७ कार्तिक ०८, शनिबार
Close
कोरोना भाइरसका कारण भरपेट खाना अनिश्चितकालका लागि बन्द

कोरोना भाइरसका कारण भरपेट खाना अनिश्चितकालका लागि बन्द

भोजराज घिमिरे शुक्रबार, फाल्गुण ३०, २०७६    १५:५०:२८

 

विराटनगर, ३० फाल्गुण । कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु. १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी नामाकरण गरी भेटघाट, सम्मेलन, पार्टीलगायत सार्वजनिक भेला नगर्नु नगराउनू भनी सचेत गराएबाट तथा भारत, नेपाल र विश्वका १२८ भन्दा बढी मुलुकमा उक्त भाइरसको संक्रमण देखा परेको भन्दै विराटनगरका समाजसेवी दिलीप धाडेवाको अगुवाईमा विगत ७४ दिनदेखि जारी रहेको रु. १० मा भरपेट खाना खुवाउने र रु. ३० मा होम प्याकको प्रावधान रहेको कार्यक्रम स्थगित गरिएको छ । पीडादायी समयका कारण सर्वसाधारणको स्वास्थ्यप्रति सावधानी अपनाउँदै मिति चैत्र १ गते शनिबारका दिनदेखि अनिश्चितकालीन समयका लागि बन्द गरिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
रु.१० भरपेट खाना कार्यक्रम परिवारका संयोजक दीलिपकुमार धाडेवाद्वारा हस्ताक्षतिर विज्ञप्तिमा खाना खुवाउनका लागि तनमन र धनले सहयोग गर्ने शुभेच्छुकप्रति आभार व्यक्त गर्दै निकट भविष्यमा पुनः कार्यक्रम सञ्चालनमा आउने पनि जानकारी गराइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com