२०७६ चैत्र २३, आइतबार
Close
खेमचन्द्र अधिकारी बिहिबार, चैत्र ०६, २०७६    १७:१८:२४

 

विराटचोकः अर्काे सूचना नभएसम्मका लागि सरकारले एसईई परीक्षा स्थगित गरेको थाहा नपाएका कतिपय परीक्षार्थी बिहीबार परीक्षाको निर्धारित समयअगावै परीक्षा केन्द्रमा पुगे ।
बिहान साढे ६ बजे सुकुना माध्यमिक विद्यालयमा पुग्दा केही विद्यार्थी गेटबाहिर बसेर परीक्षा रोकिएकोमा चिन्ता व्यक्त गरिरहेका थिए । ७ बजेसम्ममा लगभग १ सय जना विद्यार्थी परीक्षा केन्द्रमा उपस्थित भएका थिए ।
उपस्थित भएका धेरैजसो विद्यार्थीलाई परीक्षा स्थगित भएको थाहा थिएन । कतिपयले भने बाटोमा आउँदा अरुले भनेको सुने पनि विद्यालय आएको बताए ।


‘एसईई चाहिँ नसार्नू नि अरु परीक्षा सारे पनि’, सरकारप्रति आक्रोशित भएकी जनता मावि सुन्दरहरैंचा– १ की परीक्षार्थी तारा साहले भनिन्, ‘अब पछि परीक्षा सारेपछि अहिले पढेको बिर्सिहालिन्छ नि ।’ सो विद्यालयबाट १ सय २० जना परीक्षार्थी रहेको उनले बताइन् ।
सुकुना माध्यमिक विद्यालयमा सुकुना, जनता तथा बुद्ध माध्यमिक विद्यालय केराबारीका परीक्षार्थी उपस्थित भएका थिए । आश्चर्यचकित भावमा कोही कुरा गरिरहेका थिए भने कोही आक्रोशित भइरहेका थिए ।


कोरोनाका कारण परीक्षा रोकिएको जानकारी पाएपछि केही विद्यार्थी कोरोना मान्छे नै होइन कसरी परीक्षा रोक्यो भनी कुरा गरिरहेका पनि थिए । सुकुनामै अध्ययनरत दावा शेर्पा पनि परीक्षा रोकिएकोमा आक्रोशित थिए । मोटो ज्यानका उनले सोही विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीसँग उनले भने, ‘सर, यो त रातभरी करायो, दक्षिणा हरायो भनेझैँ भइगयो नि ।’
सुकुना माध्यमिक विद्यालयमा ३ ओटा सामुदायिक विद्यालयसहित ९ ओटा विद्यालयका ४ सय १८ जना परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com