२०७७ साउन २६, सोमबार
Close
हिमाल फार्मेसीको ब्रम्हलूट

नभाचिएको हात भाचिएको भन्दै ब्याण्डेज गरियो

रेडियो झापा 100.7 MHz. आइतबार, चैत्र ०९, २०७६    १४:१२:०१

दमक । वर्षायाममा च्याउ उम्रिएझै उम्रिएका फर्मेसी र टोल–टोलबाट डाक्टरको भेषमा उत्पादित लुटेराहरूले सर्वसाधारणको जीवनमाथि खेलवाड गर्दै चरम आर्थिक शोषण गरेको घटना हालै दमक–६ स्थित हिमाल फार्मेसी र त्यहाँ कार्यरत डाक्टरको कर्तुतबाट उजागर हुन पुगेको छ ।
सेवाग्रहीलाई म्याद नाघेका औषधि बिक्री गर्नेदेखि औषधिको चर्को मूल्य असुल्दै आएको हिमाल फार्मेसी र सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्दै आएका डा. अनुप पोखरेलको मिलेमतोमा नभाँचिएको हात भाँचिएको भन्दै चर्को मूल्य असुलेको खुलासा भएको छ । समाचार विवरणअनुसार पथरी शनिश्चरे नगरापलिका वडा नं. ४ बस्ने कक्षा १० मा अध्ययनरत एलिना दाहाल साइकल चलाउने क्रममा फागुन १६ गतेका दिन लडेर सामान्य घाइते भइन् । उनलाई उपचारका लागि सोही दिन साँझ दमकस्थित हिमाल फार्मेसीमा चेकजाँच गराइयो । फार्मेसीले अगाडिपट्टिको एक्सरे क्लिनिकमा एक्सरे गर्न लगायो । एक्सरेको रिपोर्ट डाक्टरलाई देखाएपछि डा. अनुप पोखरेलले ‘बहिनीको दाहिने हात भाँचिएको छ, ब्याण्डेज गर्नुपर्छ ।’ भनेपछि सोही साँझ हातको ब्याण्डेज गरियो ।


हातको ब्याण्डेजपछि बिमारी भनिएकी एलिनाको हातमा कुनै पीडा नभएको, यद्यपि डाक्टरले २० दिनसम्म हातको ब्याण्डेज खोल्न नहुने भनेअनुसार बसेकी थिइन् । एसइइको परीक्षाको तयारीमा रहेकी एलिनालाई हातको भन्दा पनि एसइइ परीक्षाको चिन्ता बढी थियो । कोरोना संक्रमणको कारण एसइइ परीक्षा स्थगित भयो, तर डाक्टरले आफ्नो हात नभाँच्ची भाँचिएको भनेर ब्याण्डेज त गरेनन् भनेर खुल्दुली भयो । दिदी निशासँगै दमकका अन्य डाक्टरलाई एलिनाको पहिले गरेको एक्सरे देखाउँदा हात नभाँचिएको बताएपछि उनी छानोबाट खसेझैं भइन् ।
हिमाल फार्मेसीले डक्टरको फी पाँच सय रुपैयाँ र ब्याण्डेजवापत चार हजार गरेर चार हजार पाँच सयको बिल र औषधिसमेत गरी १० हजार पाँच सय रुपैयाँ सकाएर घर फर्किएका थिए ।


गत शनिबार एलिना दिदीसहित आफन्तहरू दमक आएर सम्पर्क गर्दा हिमाल फार्मेसीले ब्याण्डेज खोल्न  ५ सय रुपैयाँ शुल्क लाग्ने बताएका थिए । दिदी निशा दाहालले तपाईंहरु ब्याण्डेज के ले खोल्नु हुन्छ भनेर सोध्दा ह्याक्सो ब्लेड देखाउँदै यसैले खोल्छौं भनेपछि आफूले पनि ह्याक्सो ब्लेड किनेर घरमै लगेर ब्याण्डेज खोलेको दिदी निशाले बताउनुभयो । नभाँचिएको हात भाँचिएको भनेर ब्याण्डेज गरेको थाहा पाएपछि आफूलाई घरमै लगेर ब्याण्डेज खोल्न कुनै असहज नभएको उहाँले सुनाउनुभयो ।
नभाँचिएको हातलाई भाँचिएको भनेर चर्को रकम असुलिएको र परीक्षाको अगाडि डाक्टरले हात भाँचिएको भनेर ब्याण्डेज गरेपछि मानसिक रुपमा समेत विक्षिप्त भएकी एलिना र उनकी दिदीले अरु डाक्टरसँग सल्लाह लिदाँ हात नभाँचिएको पाएपछि डाक्टर पोखरेलको मोबाइल नम्बर पत्ता लगाएर सम्पर्क गर्दा कतै हल्ला नगरिदिनु सबै रकम फिर्ता गरिदिन्छु भनी बताएका थिए ।
पीडितका आफन्तले डा. अनुप पोखरेल कार्यरत अस्पताल एडभान्स अस्पतालमै गएर भेट्दा औंला भाँचिएको भन्दै टार्न खोजेका थिए ।
यसरी आम सर्वसाधारणको जीवनमाथि खेलवाड गर्न पल्केका रक्तपिपासुहरूलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com