२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, जेठ ०४, २०७७    ८:१९:२१

झापा, जेठ ४ गते । झापाको कचनकवल गाउँपालिका–७ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ८० वर्षीय वृखबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । हिजो साँझ घर नजिकैको दिपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । राईको शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आफन्तजनलाई जिम्मा लगाइने जनाइएको छ । यसअघि पनि कचनकवलमा हात्तीको आक्रमण परी एकजनाको मृत्यु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com