२०७७ आश्विन १२, सोमबार
Close
प्रदिप भुजेल बिहिबार, जेठ ०८, २०७७    १७:३०:१२

विराटनगर, जेष्ठ ८ गते । कोरोनाको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउन दुई महिना पूरा हुन अब दुई दिन बाँकी छ । यो पछिल्लो अवधिमा कोरोनाको संक्रमण बढेसँगै उपभोक्ताको हित संरक्षणमा पनि सरकार चुक्दै गएको आभाष हुन थालेको छ ।
जनतालाई दुई महिनासम्म घरभित्रै बन्दी बनाएको सरकारले अत्यावश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन सकिरहेको छैन । लकडाउनअघि उपभोक्ताका लागि नियमित आपूर्ति व्यवस्था मिलाउने, कालोबजारी हुन नदिने, कृत्रिम अभावको अवस्था नआउने तथा मूल्यवृद्धि हुनै नदिने सरकारको बाचा सबै अधुरो रहेको छ ।


वस्तु तथा सेवाको चरम मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभावमा सरकार पूर्ण मूकदर्शक देखिएको छ । गुणस्तरहीन खाद्यान्न बजारमा छ्याप्छ्याप्ती फेला पर्न थालेका छन् । विराटनगरमा उपभोक्ताले प्रयोग गर्ने सुजीमा किरा फेला परेको छ । श्रीराम प्याकेजिङ उद्योग, विराटनगरले प्याकिङ गरी बजारमा पठाएका सूजीमा स्याउँस्याउँति कीरा भेटिएको छ ।
विराटनगरका उपभोक्ता पुष्पराज दाहाल भन्नुहुन्छ– ‘बासी र विषादी मिसिएका वस्तु किन्न उपभोक्ता बाध्य छन् । विषम परिस्थितिमा चरम मूल्यवृद्धि गरिएको छ । बजार अनुगमनमा सरकारी तदारुकता पटक्कै देखिएन । आफूले खान भनेर किनेको प्याकिङ गरिएको प्याकेटमा स्याउँस्याउँती किरा भेटिन्छ के गर्नु ?’
बजार आपूर्तिमा सरकारले गतिलो नीति बनाउन नसक्दा सीमित समयमा आफ्नो उपभोग्य वस्तुका लागि उपभोक्ता भिड लाग्ने गरेको छ । यसले एकातिर असुरक्षा बढाएको छ भने भिडको बेला गुणस्तर र नापतौलमा उपभोक्ता ठगिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com