२०७७ कार्तिक ०४, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, जेठ १७, २०७७    १६:०७:१४

काठमाडौं, जेष्ठ १७ गते । मुलुकको एक मात्रअन्तराष्ट्रिय विमानस्थलत्रिभुवनअन्तराट्रिय विमानस्थलअन्तर्गत हालको रनवे दक्षिणतर्फको विस्तारको पिचको काम हिजो सकिएको छ । अन्तराट्रिय हवाई नागरिक उड्गन र्सगठन (ICAO) को मापदण्ड अनुसार आवश्यकहवाई सुरक्षाको निम्तिहालको रनवे विस्तार कार्यअत्यावस्यक रहेको जानकारी छ । हाल रनवेको कुललम्बाई ३०५० रहेकोमा थप ३०० मिटर विस्तार भएको छ । रनवेको अन्तिममा आवश्यक सुरक्षा क्षेत्र (Runway and safety area) को लागि यो विस्तार अत्यावश्यक रहेको जानकारी सम्बन्धितश्रोतले जनायो । जसले गर्दा हवाईजहाज उडान गर्दा थप लम्बाई प्राप्त हुने जसले हवाई सुरक्षा बढाउने काम गर्दछ ।


हालको निर्माण कार्य नेपाली ठेकेदार कालीकातुदी ज्वाइन्ट भेन्चरले गर्दै आइरहेको छ भने एवान विल्डर्स प्रा.ली.ले सिभिलको उपठेकेदारको रुपमाकामगदैै आइरहेको छ । कोरोना भाइरसले सम्पूर्ण देश बन्दाबन्दीभएको अवस्थामा समेत रनवे विस्तार हुन सक्नु राम्रो पक्ष रहेको छ ।उल्लेखितनिर्माण कार्य अहिलेको Airport धावनमार्ग सँगै जोड्नुपर्ने भएकोले Airport को उडानहरु बन्द गरेर मात्र गर्न सकिने र अन्य समयमा यो कार्य गर्नको लागि Airport बाट हुने उडानहरु प्रभावितभई उपयुक्त उडानहरु बाट राज्यलाई हुने आर्थिक लाभमा समेत असर पर्नेमानिर्माण व्यवसायीले कोरोनाको प्रकोपको कठिन समयमा पनि आवश्यक स्वास्थ्य सुरक्षाको सावधानी अपनाई, उपलब्धश्रोत र साधनको अधिकतम सदुपयोग गरी निमार्ण कार्य सकिएको छ ।


विश्वस्तरमै छाएको कोरोनाको प्रकोप बाबजुत संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय एवं मन्त्रि योगेश भट्टराई, सचिव केदारबाबु अधिकारी, प्राधिकरण कार्यकारी निर्देशक राजन पोखरेल र आयोजनाप्रमुख ई. मुरारी भण्डारीको बारम्बारको निर्माणस्थल अवलोकन निर्माण सामाग्री उपलब्ध गराउन सहजिकरण् ासाथै निर्माण व्यवसायीको कामप्रतिको प्रतिवद्धताले समयमा काम सकिएको छ ।
अव रनवेमा लाइट राख्ने काम बाँकी रहेको र उक्त लाइटको सामाग्री युरोपबाट ल्याई रनवेमा राख्नुपर्ने भएको र हाल कोरोनाले ढुवानीमा केहि ढिला भएको तर सामान उपलब्ध भएको दुई महिनामा काम सक्न्े गरि अन्य काम भइरहेको ठेकेदार प्रतिनिधी ई. काशीनाथ डोटेलले बताउनुभयो ।


सन् २०१३ बाट नै सुरु भएको उक्त विस्तार कार्य विभिन्न ठेक्का हुदै र तोडिदै आएकोमा हाल नेपाली ठेकेदारले ठेक्का अवधिभित्रै विस्तारको मुख्य काम सकेको छ । यस अघिका दुई अन्तराष्ट्रिय कम्पनिले नसकेकोे काम नेपाली ठेकेदारले सक्नुले नेपालीको निर्माण व्यवसायीको स्तर वृद्धि भएको र सबै क्षेत्रमाअन्तराष्टिय ठेक्कागर्दा मात्र राम्रो नहुने बरु राम्रो सहकार्य र नेपाली निर्माण ब्यबसायलाई काम गर्ने अवस्था र्सजना गरे स्वदेशी संस्थाले नै आफ्नो देश बिकास गर्न सकिने देखिन्छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com