२०७७ आश्विन १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, आषाढ ०८, २०७७    १७:४३:०८

विराटनगर, असार ८ गते । मोरंग जिल्लाको दक्षिणपूर्वी भागमा अहिले डिजल र पेट्रोल सर्टेज भएको भन्दै पेट्रोल पम्पहरुले नै ब्ल्याकमा धमाधम बिक्री गर्न थालेका छन् । विराटनगर रंगेली हुलाकी मार्गमा सडक निर्माणका क्रममा रहेका सम्पूर्ण पुल पुलेसाहरु भत्काइएको कारण डिजलको सप्लाई गर्न समस्या भएको भन्दै पेट्रोलपम्पले नै अत्यधिक मूल्यमा डिजल बिक्री गर्ने गरेको पाइएको छ ।

हाम्रा सम्बाददाता प्रदीप भुजेलले दर्बेसाबाट जानकारी दिएअनुसार दर्वेशा ४ मा रहेको कान्तिपुर फ्यूल सेन्टरले प्रतिलिटर ८४ रुपैयाँ पर्ने डिजलको मूल्य १२० मा बिक्री गर्न थालेको छ । वर्षात्को समयमा खेती गर्न ट्याक्टरलाई डिजलको अवस्यक पर्ने समयमा डिजल ब्ल्याकमा किन्नु परेको गुनासो किसानहरुको रहेको छ ।

विराटनगर कटहरी पूर्व कर्सिया, रंगेली, डाइनिया, आमबारी लगायतका क्षेत्रमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा डिजल एवं पेट्रोल नभएको भन्दै खुलेआम ब्ल्याकमा बिक्री हुँदा समेत सम्बन्धित निकायको ध्यान नगएको भन्दै यस क्षेत्रका किसानहरु आक्रोषित बन्न पुगेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com