२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, आषाढ २१, २०७७    १८:३०:४१

 

तिलोत्तमा । सिद्धार्थ राजमार्ग बुटवल बेलहिया सडक खण्ड तिलोत्तमा नगरपालिका अन्तर्गत ६ लेन सडकको डिभाइडरमा तिलोत्तमा नगरपालिका द्वारा रोपिएको र हुर्कीएको ३२ वटा स्टोनियाको रुख र ३० वटा फोहोर फ्याक्ने डस्टबिन मणिग्राम चौक देखि नयामिल सम्म अपराधीक समुहले गत विहिवार राति काटिएको र तोडफोड भएको घटना प्रति राष्ट्रिय जनमुक्ती पार्टी तिलोत्तमा नगर समितिले कोभिड्-१९ बिसम परस्थितीमा पनि बिरोध तथा खबरदारी कार्यक्रम गरेको छ ।

बिरोधमा उत्रिएका पार्टीका नेता कार्यकर्ताहरुले मणिग्राम चोक स्थित सिद्धार्थराजमार्गको वानवे सडक अबरुद्ध गर्दै चर्को बिरोध गरेका थिए। सार्वजनिक सम्पत्ती क्षेती पुर्याउने अपराधीक घटनाको बिषयलाई लिएर सो पार्टीका संघीय परिषद सदस्य गीता सारुले यसअघि गत वर्ष साउन १ गते राति तिलोत्तमा ड्राइभरटोल-नयाँमिल खण्डको ६ लेन सडकको बीचको डिभाइडरमा राखिएका पाँचवटा बुद्धका मूर्तिहरू फोडिएका थिए । यसरी पटक–पटक नगरमा भइरहेका यस्ता घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अपराधीक समुहलाई तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गरिनु पर्दछ । तर दु:खको कुरा आज सम्म ति अपराधीहरुलाई कारबाही गर्न सकेको छैन ।

यहाँको प्रशासनले के हेरिरहेको छ्? यहाँ को नगर सरकारले के गरिरहेको छ् ? सारुले स्थानिय सरकार र प्रशासनलाई केन्द्रित गर्दै प्रश्न गरेका थिए । यस्ता अपराधीक समुहालै तत्काल कारबाही गर्न नसक्नु नगर सरकार र प्रशासनको कम्जोरी हो । सार्वजनिक सम्पत्तिमा क्षेती पुर्याउने अपराधीक प्रबृत्ति बिरुद्ध बिरोध तथा खबरदारी कार्यक्रमको मुल ब्यानरमा ‘खबरदार! सार्वजनिक सम्पत्ती क्षेती गर्न पैदाइन, सार्वजनिक सम्पत्ती क्षेती पुर्याउने अपराधीकलाई कडा कारबाही हुनुपर्छ’ भन्ने नाराका साथ सम्पन्न भएको बिरोध सभामा राष्ट्रिय महिला मोर्चा नगर अध्यक्ष निर्मला अस्लामी मगर, रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा, प्रदेश ५ अध्यक्ष झम बहादुर गुरुङ्ग र प्रमुख बक्ता संघीय परिषद सदस्य गीता सारुले बोलेका थिए ।

नगर अध्यक्ष भोम बहादुर बुढा मगरको अध्यक्षता भएको बिरोध तथा खबरदारी कार्यक्रम संचालन सचिब प्रेम कनौजेले गरेका थिए। सो कार्यक्रम सम्पन्न पछी पार्टीले तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै, उक्त बिरुवा कसले र किन काट्यो भन्नेबारे स्थानीय प्रहरीले अनुसन्धान थालिसकेको छ । सार्वजनिक सम्पतिका रुपमा ‘ग्रीन तिलोत्तमा’को अवधारणालाई पूरा गर्न लगाइएका रुख बिरुवा काट्ने जोकोहीलाई कडा कारबाही गरिने नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com