२०७७ कार्तिक ०५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, साउन १३, २०७७    २३:२२:२६

झापा/नेपाल बिद्यार्थी संघ झापा जिल्लाका विभिन्न स्थानिय तहमा विरोध सभा आयोजना गरेको छ । संघले आज मंगलवार झापा जिल्लाका ५ वटा स्थानीय तह कन्काइ, बिर्तामोड, शनि अर्जुन र मेचिनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा सरकारका कार्य प्रति असन्तुष्टि व्यक्त गर्दै बिरोध सभा प्रदर्शन गरेको थियो।

विरोध सभामा के.पि ओलि सरकारले भगवान राम र हिन्दु धर्म प्रती अनादर गरेको भन्दै के.पी. ओली सरकारका आलोचना गरिएको थियो ।

सबै स्थानिय तहमा उल्लेख्य रुपमा भेला भएका ने.वि.संघ समर्थक विद्यार्थीहरुले भारतीय-चिनियाँ हस्तक्षेप सुइकार्य छैन, भ्रस्टहरु नरकमा ,नेपाली जनता सडकमा, केपि तिम्रो पाराले दुख पायो साराले जस्ता नारा लगाएका थिए ।

विरोध सभामा बोल्दै नेपाल बिद्यार्थी संघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेतीले सडक देखि सदन सम्म पुग्ने आन्दोलन छेड्ने चेतावनी दिए। जिल्ला प्रवक्ता सन्जय निरौलाले ने.बि संघ सदैव देश र जनताको लागि जस्तो सुकै परिस्थितिको सामना गर्न तत्पर रहेको भन्दै आगामी दिनमा सरकारका गलत कार्यको शसक्त ढंगले आवाज उठाउने वताए ।

ने.बि संघ झापा जिल्ला वरिष्ठ सदस्य विशाल सिटौलाले कोभिड १९ को महामारीमा देश अस्तब्यस्त रहेको अवस्था पनि सरकारको अधिनायकवाद प्रवृत्तिको विरुद्ध सामाजीक दुरि कायम गर्दै नेपाल बिद्यार्थी संघ सडकमा उत्रिन बाध्य भएको बताएका थिए ।उक्त कार्यक्रम भने गोकुल पौडेलले संचालन गरेका थिए।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com