२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, साउन १४, २०७७    ४:५६:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनी विरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका प्रधानमन्त्री साँझ भैंसेपाटीस्थित वामदेव निवासमा पुगे ।

मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई गयब हुन निर्देशन दिए । ४४ सदस्यीय स्थायी कमिटीका २९ जनामात्रै सहभागी भएर बैठक बस्यो ।

बिहान ११ बज्न केहीबेर मात्र बाँकी हुँदा प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगनको सूचना प्रेस सल्लाहकार सूर्य थापामार्फत सार्वजनिक गरेका थिए । बैठक स्थगित भएको सूचना पाएर बाटैबाट घर फर्किएका केही नेताहरु पछि फेरि बालुवाटारमा आए र बैठकमा सहभागी भए ।

यो पनि पढ्नुस्

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री
‘ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित’
नेकपा विवाद : स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकल निर्णय
र, ओली समूहका नेताहरुको अनुपस्थितिमै बसेको बैठकले प्रधानमन्त्रीविरुद्ध प्रस्ताव नै पारित गर्‍यो । सहभागी नेताहरुका अनुसार प्रधानमन्त्रीको सरकारी निवासभित्रै बहुमत सदस्यहरु बसेर प्रधानमन्त्रीविरुद्ध यसरी प्रस्ताव पारित गर्नु भनेको प्रधानमन्त्रीमाथि उठेको गम्भीर नैतिक प्रश्न हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार बसेको स्थायी कमिटीको बैठकले गरेको निर्णय यस्तो छ-

‘स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन, यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष बामरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय यो बैठकले गरेको छ । त्यसका साथसाथै आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्‍याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com