२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, साउन १४, २०७७    ६:१६:०५

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सहित २१ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि स्याङ्जा जिल्ला १० दिनका लागि सिल गरिएको छ । मंगलवार बसेको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले स्याङ्जा जिल्लालाई १० दिनको लागि शिल गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएकोले समुदायमा फैलीनबाट रोक्न १० दिनका लागि जिल्ला शिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गांगा बहादुर क्षेत्रीले बताए । प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीमा समेत संक्रमण देखिएकोले कोरोना समुदायमा फैलीन सक्ने जोखिम बढेकोले कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए ।
संक्रमणबाट बच्न अति आवश्क काम बाहेक घर बाहिर ननिस्किन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रीले अवज्ञा गरेमा कारबाही गरिने बताए । एम्बुलेन्स र अत्याआवस्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालय, प्रहरीको सम्पर्कमा आएका ब्यावसायी र औषधी पसल र केही मज्दुर गरी २ सय १५ जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको जानकारी दिए । संक्रमण भित्रभित्रै फैलीएकोले कन्ट्याक ट्रेसिङ गरेर स्वाब संकलनमा लागिएको स्वास्थ्य कार्यालयका प्रमुख शर्माको भनाई छ ।
पोखरामा गरिएको परीक्षणमा सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विमलराज कँडेल सहित १८ जना र साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि संक्रमित प्रहरीहरुलाई कालिका सामुदायीक अस्पताल हेलु र करेन्डाँडामा रहेको स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । प्रहरी प्रमुख एसपी विमलराज कँडेल भने जिल्ला प्रहरी कार्यालयको क्वाटरमा आइसोलेसनमा रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी कार्यालयका प्रमुख सहित ९८ जना प्रहरी र ४ जना थुनुवाको स्वाब संकलन गरेर गरिएको परिक्षणमा सोमबार ४० जनाको रिपोट आएकोमा संक्रमण देखिनेहरुमा १७ जना पुरुष र १ जना महिला प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण देखिनेहरुमा कार्यालय सहयोगी, प्रहरी जवान, असइदेखि कार्यालय प्रमुख समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत केही प्रहरीमा ज्वरो आउने र रुघा समेत लाग्ने भएपछि प्रहरीको स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com