२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, साउन १५, २०७७    १३:३०:१२

१५ साउन,काठमाडौं । काठमाडौंको कमलादीबाट बरामद भएको साढे १४ किलो नक्कली सुन र २ पेस्तोल बरामद प्रकरण शंकास्पद देखिएको छ । प्रहरीले गाडीबाट फालिएको झोलामा धातु र हतियार बरामद भएको बताए पनि सीसीटीभी फुटेजमा भने फालेको नभई गाडीमा सवार व्यक्तिले प्रहरीलाई झोला दिएको खुलेको एक उच्च अधिकारीले बताए ।

यसबाट प्रहरीले नै नक्कली काम गरेको हो कि भन्ने आशंका जन्मिएको छ । यस्तै घटनास्थलसमेत कमलादी नभएर सुन्धारा हुनसक्ने अनुमान छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीबाट १५ किलो धातु र २ पेस्तोल बरामद भएको बताएका थिए । उनले बा.६च ५५१९ नम्बरको स्कर्पियोबाट फालेको झोलामा सो वस्तु भेटिएको र गाडी फरार भएको बताएका थिए । परीक्षणका क्रममा १५ किलोमध्ये आधा किलो मात्रै सुन भेटिएको थियो ।

प्रहरीले कृष्ण पाउरोटी चोकमा रोक्न खोज्दा गाडी नरोकिएको र कमलादीमा झोला फालेर फरार भएको जनाएको थियो । तर सो क्षेत्रको सीसीटीभी फुटेजमा गाडी त्यहाँ नदेखिएको बताइएको छ ।

घटनास्थल परिवर्तनमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको भूमिका शंकास्पद देखिएको एक उच्च अधिकारीले बाह्रखरीलाई बताए ।

घटनामा संग्लन आरोपमा पूर्वी नवलपरासीबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निलेश सखिया, विजय पटेल र देवान सिंह छन् ।

प्रहरीले बा.६च ५५१९ नम्बरको स्कार्पियो भएको बताएको भए पनि ट्राफिक प्रहरीलाई भने बा.६च ५५११ नम्बरको गाडी टिपाएको थियो । ट्राफिक प्रहरीका एक उच्च अधिकारीका अनुसार घटना भएको समयभन्दा ४५ मिनेटपछि मात्रै गाडीको नम्बरबारे जानकारी गराइएको थियो । त्यसमा पनि नम्बर फरक पारेर दिइएको थियो । 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com