आज १७ गते शनिबारको दिन नेपाल स्वयंसेवक संघ झापा जिल्ला कार्यसमितीले श्री कृष्ण प्रणामी मन्दिर, माइधाममा कार्यक्रम गरेको थियो।
संस्थाले बृद्ध आमा बुवा हरुलाइ covid-19 कोरोना भाइरस सम्बन्धि सचेतना मुलुक कार्यक्रम तथा स्वास्थ सामाग्री माक्स,साबुन,सेनिटाइजर, सरफ, बितरण तथा त्यहा रहेका बालबालिकाहरु लाई शैक्षिक सामाग्री हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरेको थियो।
कोरोनाको कहर अहिलले फेरि बढ्न थालेकोछ। यहि क्रम अनुसार कोरोना बढ्ने हो भने चाडै भयभित स्थिति उतपन्न हुने सम्भावना देखिएको छ।त्यसैले ने.स्व.सेवक संघ झापाले त्यस्तो त्रासित परिस्थिति उत्पन्न नहोस भनेर जनचेतना मुलक कार्यक्रम गरेको झापा सचिब विशाल सिटौलाले बताउनु भयो।
उक्त कार्यक्रमको सभाअध्यक्ष श्री रमेश चैलागाइले गरेका थिए भने प्रमुख अतिथी श्री कृष्ण प्रणामि मन्दिर समितीका अध्यक्ष श्री छबि थपलियाले गर्नु भएको थियो।उक्त कार्यक्रमको विशेष अतिथि इलाम जिल्ला ने.स्व.सेवक संघका अध्यक्ष श्री नवीन तिमल्सिना र अथितिय ने.स्व.संघ झापा जिल्ला उपाध्यक्ष श्री जीवन कुमार गुरागाइ ( मेहेर सागर ),उजेन तामाङ,सुदिप पराजुली, र राज चुडालले गरेका थिए।ने.स्व.सेवक संघको सम्पुर्ण कार्यसमिति परिवार उपस्तिथि भएका थिए। उक्त कार्यक्रम विशाल सिटौलाले संचालन गरेका थिए।