१८ साउन,दमक/ कोरोनाको महामारी बिच नंया नंया न्युज नेपालका शिशिर भण्डारीले फोटो फिरिममा बोलको गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेका थिए।त्यस कभर भिडियो प्रतियोगितामा राम चन्द्र चापागाईंको नेतृत्वमा भुटानि शरर्णाथि सिबिरका कलाकारले पनि उक्त भिडियोमा भाग लिएको थियो र उक्त समुह प्रतियोगिता जित्न पनि सफल भएको थियो।
कार्यक्रमको नियम अनुसार नंया नंया न्युज नेपालका शिशिर भण्डारीले भुटानी शरर्णाथिका कलाकारहरुलाई समान तथा प्रमाणपत्र /पुरस्कार बितरण गरेका छन।
शिशिर भण्डारीको शब्द,संगीत,छायांकन तथा रचना रिमालको आवाजमा रहेको फोटो फिरिममा गीतको कभर भिडियो प्रतियोगिता अन्तर्गत भुटानी शरर्णाथि शिबिरका कलाकारले सबै भन्दा धरै भ्यूज लिएर प्रथम स्थान हासिल रहन सफल भएको थियो।उक्त बिजेता कलाकार र निर्देशकलाई आज भुटानी शरणार्थीमा रहेको फान्स क्लब बि.आर.सि बाट समान् गरिएको छ।उक्त कार्यक्रम फान्स क्लब बि र सि का अध्यक्ष, टिमाईका निबर्तमन सचिव युबराज साम्पङ राइले आयोजना गरेका थिए। त्यस कार्यक्रममा बेलडाँगीका निबर्तमान सचिव टीकाराम रसाइलीले सहयोग गरेका थिए। उक्त कार्यक्रममा गोलधापका निबर्तमन सचीव चिरञ्जीवी राई , टिमाईका पुर्ब सचिब राज मान गुरुङ यसै गरि बेलडाँगीका पुर्ब सचिब सन्चा हाङ सुब्बा र पुर्ब सचिब डि बि सुब्बाले पनि शुभकामना व्यक्त गरेका थिए र उक्त कार्यक्रममा भुटान कराते फेडेरेसनका अध्यक्ष,भुटानी शरर्णाथि अपाङ्ग संघका अध्यक्ष देवी माया राई र भुटानी शरर्णाथि बाल मंचमा उप प्रमुख संयोग राम कुमार बुढाथोकीले पनि शुभकामना व्यक्त गरेको थिए।