२० साउन/ इलामको फाकफोकथुम गा.पा.-७ एकतप्पाको रुपटार निवासि टीका बुढाथोकीलाइ एकतप्पा सेवा समाज, झापाले उपचार सहयोगको लागी ५० हजार सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्सिय टिकाको उपचारको निम्ति समाजको अध्यक्ष डबल लिम्बु सहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडित टिकाको श्रीमान गुमानसिङ बुडाथोकिलाइ अस्पतालमा पुगेर सहयोग हस्तान्तरण गरेको समितिका सचिव गंगा गोदार थापाले बताएका छ्न ।
पुर्बाञ्चल क्यानसर अस्पताल विर्तामोड झापामा उपचार भैरहेको टिका बुढाथोकीको मुखमा भएको क्यान्सरको सफल अप्रेसन भैइ हाल उपचारको क्रममा रहेको छिन । विरामी बुढाथोकीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग गरिएको एकतप्पा सेवा समाजले बताएको छ । यो भन्दा पहिला एकतप्पाकै क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाई समेत समाजले ५० हजार सहयोग गर्ने प्रतिबद्दता जनाएको छ साथै आर्थिक संकलन जारी रहेको बताइएको छ । यस्तै अर्जुन धारा नगरपालिकाका ३ निवासी पंच बहादुर धमलाको परिवार लाई समेत समाजले नगद तथा खाद्यान्न गरि ९ हजार सहयोग गरेको छ ।
धमला पाचथरको पौवासारतापबाट एकतप्पा बसाइ सरि आएर ३बर्ष अघि झापा झरेका थिए । धमलाको ५१ बर्षको उमेरमा श्रावण १४ गते मृत्यु भएको थियो । निजको एक श्रीमती ४ छोरी र ३ छोरा रहेका छ्न भने आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ । इलाम फाकफोकथुम-६ र ७ एकतप्पाबाट झापामा रहेर विभिन्न पेसा ब्यवासायमा आबद्द भएरकाहरुले सामाजिक एकता , सेवा एवं गाउँ वासी असाय हरुलाई सेवा गर्नको लागी एकतप्पा सेवा समाज झापा गठन गरिएको जनाइएको छ। हाल समाज सामाजिक काम एवं एकतप्पा वासी घातक रोगका विरामिको स्वास्थ्य उपचारको लागी सहयोग गर्दै आएको छ ।