२२,साउन,झापा-लिम्बुवान/ १८३१ साल साउन २२ गते लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै उक्त दिनलाई लिम्बुवानजन्य संघसंस्था, पार्टी र लिम्बुवानवासीले कालो दिनको रुपमा मनाउँदै छन् ।
लिम्बुवान क्रान्तिकारी पार्टीले एक बिज्ञप्ति जारि गर्दै, लिम्बुवानको माटो र आन्दोलनलाई राज्यले बेवास्था गरे बन्दुक उठ्ने चेतावनी दिइएको छ । ‘हामी लिम्बुवान आन्दोलनलाई शान्तिपूर्ण रुपमा अगाडी बढाइरहेका छौ, हामी शान्तिपूर्ण रुपमा लिम्बुवान राज्य स्थापित गर्न चाहान्छौ ,तर शान्ति भन्दा भन्दै अशान्तिको बिउँ एकात्मक राज्यसत्ता आफैले रोप्छ भने ,क्रान्तिको कुरा गर्दा बन्दुकले हाम्रो निर्दोष कार्यर्ताहरुको हत्या गर्छ भने ,मूर्ती झैँ मौन बस्न नसक्ने उदघोष गर्दछ । हामीलाई पनि बन्दुक उठाउन आउँछ ।’ पार्टीका अध्यक्ष मनिष हेल्लोक र महासचिब दिनेश किरातीद्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
षडयन्त्रमुलक ढंगबाट लिम्बुवान भूमि खोसिएको र सन्धी अनुसार शासकले सम्बोधन नगरेको र क्रमबद्ध रुपले नीतिगत रुपमा लिम्बुवानी नागरिकको अधिकार खोसेको प्रति बिरोध हुँदै आएको छ । बिभिन्न संस्था र पार्टीले श्रावण २२ लाई कालोदिन भन्दै लिम्बुवान बन्दसहितका बिभिन्न कार्यक्रम गर्दै आएका छन् । तर, बिश्वमा कोरोना महामारी फैलिएपछि नेपालमा पनि लकडाउनका कारण लकडाउन औपचारिक कार्यक्रम नगरि बिज्ञप्ति मार्फत बिरोध गरिको छ ।
लिम्बुवान क्रान्तिकारी पार्टीले जारी गरेको बिज्ञप्ति यस्तो छः
मिति २०७७ श्रवान २१
प्रेशः विज्ञप्ति
श्रवान २२ कालो दिन ।
तत्कालिन गोर्खा शासक पृथ्वीनारायण शाह र लिम्बुवान सरकार बिच एकता सन्धिको नाममा, पृथ्वीनारायण शाहले असमान सन्धि गरेको दिन ।
त्यो दिन षयन्त्रपुर्वक ,
लिम्बुवानी माटाकोे अस्तित्व नष्ट गरिएको दिन ।
लिम्बुवान राष्ट्रको अवसान गरिएको दिन ।
लिम्बुवानी भाषासाहित्यको प्रतिबन्द गरिएको दिन ।
लिम्बुवानको सबै साँस्कृतिहरुको नामेट गरिएको दिन ।
लिम्बुवानवासीहरुलाई मातृभाषा शिक्षाच्यूत गरिएको दिन ।
लिम्बुवानवासीहरुलाई सम्पुर्ण हक र अधिकार बाट बञ्जित गरिएको दिन ।
आदरणीय जनसमुदाय तथा आम लिम्बुवानवासीहरु !
“लिम्बुवान” अरुणपुर्वको भु–भाग सबै जातजातिको साझा माटो हो । अर्थात लिम्बुवान माटोमा बसोबास गर्ने लिम्बुवानवासीहरुले लिम्बुवान राज्य स्थापनामा उत्तिकै दाहित्व निर्बाह गरौँ भन्ने लिम्बुवान क्रान्तिकारी पार्टी हार्दिकतापुर्वक अपिल गर्दछ ।
अरुणपुर्व लिम्बुवान भु–भागलाई “ लिम्बुवान राज्य ” घोषणा नगरे लिम्बुवान क्रान्तिकारी पार्टीले १८३१ श्रावण २२ को सन्धिलाई आत्मसात गर्दै सर्घषलाई कठोर रुपमा अगाडी बढाउनेछ । लिम्बुवान राज्य घोषणा गर्नमा कुनै ढिलासुस्ती नहोस् ।
नेपाल शान्तिप्रिय देश हो ,नाइजेरिया ,सोभियत सघ,चेकोस्लाभाकिया,युगोस्लाभिया जस्तै टुक्रा बन्न नपरोस् ।
नेपालका एकल जातिय शासकहरुले बेल्जियम,स्पेन,जर्मन र छिमेकी भारत सग पाठ सिक्न जरुर छ । अन्यथा जर्जिया बाट ओसेसिया, सर्बियाबाट कोसोभो अलग भए जस्तै नेपालबाट लिम्बुवान अलग हुन नपरोस् ।
हामी लिम्बुवान आन्दोलनलाई शान्तिपूर्ण रुपमा अगाडी बढाइरहेका छौ, हामी शान्तिपूर्ण रुपमा लिम्बुवान राज्य स्थापित गर्न चाहान्छौ ,तर शान्ति भन्दा भन्दै अशान्तिको बिउँ एकात्मक राज्यसत्ता आफैले रोप्छ भने ,क्रान्तिको कुरा गर्दा बन्दुकले हाम्रो निर्दोष कार्यर्ताहरुको हत्या गर्छ भने ,मूर्ती झैँ मौन बस्न नसक्ने उदघोष गर्दछ।
हामीलाई पनि बन्दुक उठाउन आउँछ ।
यदी लिम्बुवान राज्य नभए लिम्बुवान क्रान्तिकारी पार्टीले बन्दुक उठाएर लिम्बुवान राज्य आफै घोषणा गर्नेछ । त्यसमानेमा,
हामी त्यो लिट्टे,टुपाक,कटागा,माउमाउ,बोको हरम,आइएस आइएस होनौ , बन्न पनि चाहन्नौ ।
तर एकात्मक जातिय राज्यसत्ताले वाध्य नपारोस् ।
हामी अरु कसैको नक्कल गरेर होइन हाम्रो लिम्बुवानी दर्शण र शिद्धात अनुरुप लिम्बुवान राज्य स्थापना गर्न चाहान्छौ । लिम्बुवानी समाजवाद यो देशका दलाल,भ्रष्टहरुको अन्त्य गर्दै उत्पिडनमा परेका जाती ,वर्ग,समुदायहरुलाई मुक्ति दिँदै नयाँ युगमा रुपान्तरण गर्न चाहान्छ।
१८३१ ताका लिम्बुवान राज्यको स्वतन्त्र निर्माणमा थुप्रै लिम्बुवानी व्यतिmत्वहरुले त्याग र बलिदान गरिरहेका छन् ।
(काङसोरे,थामुया,मरेगान,जगदल,श्रीजङगा,ललित बहादुर,विजय बहादुर,पृथ्वी सिह ,बाजाहाङ लिम्बु र भुविक्रम नेम्बाङ ) र मनिल ,माङ्तोक आदिको निकै ठुलो योगदान र बलिदान रहेको छ ।
यि र यस्ता महान हस्तिहरुको सर्घषलाई आत्मसाथ गर्दै मुलूत लिम्बुवान स्थापनाको निमित्त एक रथि सास र एक थोपा रगत रहन्जेल लिम्बुवान स्थापनाको निमित्त लडिरहने प्राण गर्दछौ ,
लिम्बुवान क्रान्तिकारी पार्टीले पछिल्लो समयमा लिम्बुवान राज्य स्थापना गर्नमा कडा सर्घष मोल्दै आएको सबैमा ज्ञात छ । हामी चाहान्छौ नेपाली समाजको समृद्ध लिम्बुवान राज्यको परिकल्पना हो , यहाँ कुनै नाटोहरुको रणभूमी बनोस भन्ने होइन ।
इतिहास आजकै दिन मोडेको छ अर्थात लिम्बुवानलाई षयन्त्रको जालमा पारिएको दिन हो । लिम्बुवान क्रान्तिकारी पार्टीले विगत देखी नै आजको दिनलाई विशेष कालो दिनको रुपमा दिँदै आएको छ ।
विश्व कोरोनाको महामारिमा छ ,त्यसमा हामी पनि अछुत रहेनौ , हाम्रो देश र समाज पनि कोरानोले तिव्र आक्रमण गरिरहेको छ ,यसबेला हामी सबै तह र पक्षहरु मिलेर कोरोना सग लडन बाहेक विकल्प छैन । त्यसैले,
विगतका बर्षहरुमा एकदिने बन्दको कार्यक्रम गरिदैँ आएता पनि यसपटक कोरोना भयलाई मध्यनजर गर्दै प्रेश विज्ञप्ति मार्फत लिम्बुवानको माङगेना उठाउने चेष्टा गरेका छौ ।
यस कदममा सन्चारकर्मी लगायत सबै तहका जनसमुदायहरुको सकरात्मक सर्मथन रहनेमा सगठन आसावादी गर्दछ । जय लिम्बुवान