२५ साउन, बिरटनगर/बिराटनगर स्थित प्रदेश प्रमुखको कार्यलयले आज विभिन्न बिद्यामा प्रदेश सभा बैठकमा पारीत भएको बिधेयकहरुलाइ प्रदेश प्रमुख सोम नाथ अधिकारीज्युले प्रमाणीकरण गर्नुभएको सूचना अधिकारी रिता खतिवडा (शाखा अधिकृत)ले एक बिज्ञाप्ति मार्फत जानकारी दिनु भएको छ।
उक्त प्रदेश प्रमुखको कार्यलयले जारी गरेको बिज्ञाप्ति जस्ताका त्यस्तै:
प्रेश बिज्ञाप्ति
आज मिति २०७७/०४/२५ गते आइतबारका दिन माननीय प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ज्युले प्रदेश सभा बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका “प्रदेश स्तरमा फर्म दर्ता,नवीकरण,तथा तत् सम्बन्धि अन्य व्यवस्था गर्नका लागि बनेको बिधेयक”,”प्रदेश सार्बजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक”, ” प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक”, “प्रदेश न.१ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक ,२०७६” र “प्रदेश न.१ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६” नेपालकि संबिधानको धारा २०१को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ।
रिता खतिवडा
सूचना अधिकारी(शाखा अधिकृत)